२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो



अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले खेलकुद क्षेत्र कुनै पनि राष्ट्रको पहिचान र गौरवको आधारशिला भएको बताउनुभएको छ ।

आज साँझ सशस्त्र प्रहरी बलद्वारा आयोजित प्रथम ‘एपीएफ–महिन्द्रा स्पोर्टस अवार्ड–२०८१’ कार्यक्रममा बोल्दै उहाँले खेलकुदले केवल शारीरिक व्यायाम, मनोरञ्जनको माध्यम मात्र नभई समाजमा एकता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावनालाई प्रोत्साहन गर्ने बताउनुभयो ।

उहाँले मुलुक खेलकुदको माध्यमबाट विश्वसामु आफ्नो पहिचान स्थापित गर्न सक्षम रहेको बताउनुभयो । “सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापना कालदेखि देशको सुरक्षा र शान्ति कायम गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “तर, त्यति मात्र नभई खेलकुदको क्षेत्रमा पनि यो सङ्गठनले आफ्नो छुट्टै पहिचान बनाएको छ, एपीएफ क्लबले फुटबल, भलिबल, क्रिकेट एथलेटिक्स, मार्सल आट्र्सलगायत विभिन्न खेलमा प्रदर्शन गरेको उत्कृष्टताले हामीलाई गर्वको अनुभूति गराएको छ ।

सम्मानित हुने सबै खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान पु-याउने व्यक्तित्वहरूलाई उहाँले बधाई दिनुभयो । “यहाँहरूको सफलता हाम्रो साझा गर्व हो । यहाँहरूले देखाएको बाटोले नयाँ पुस्ताका खेलाडीलाई हौसला प्रदान गर्नेछ”, उहाँले भन्नुभयो ।  रासस