१६ असार २०८३, मंगलवार
,
Latest
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह



अ+ अ-

बनेपा । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । 

कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेको अवस्थामा कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएको भन्दै आइतबार सूचना जारी गरी जिल्लाभित्रका सबै विद्यालयलाई कक्षा सञ्चालन नर्गन आग्रह गरेको हो ।

इकाइ काभ्रेपलाञ्चोकका निमित्त प्रमुख सुरेन्द्रप्रसाद भट्टले नेपाल सरकार भदौ १ गतेदेखि मात्रै नयाँ विद्यार्थी भर्ना गर्ने र भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउनेसम्बन्धी निर्णय भएकामा जिल्लाका कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएकाले विद्यालय खोलेर कक्षा सञ्चालन नर्गन आग्रह गरेको बताए । 

“निर्देशिका अनुसार उहाँहरुले अनलाइन र वैकल्पिक माध्यमबाट सिकाइमा सहजीकरणलाई निरन्तरता दिन सकिन्छ तर विद्यालय नै खोलेर कक्षाकोठामा भीड जम्मा गरेर कक्षा सञ्चालन गर्न पाइँदैन”, उनले भने । त्यसका लागि स्थानीय तहले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आवश्यक निर्देशन गरी विद्यालय खोलेर कक्षा सञ्चालन गरिरहेका विद्यालयलाई बन्द गर्न इकाइले आग्रहसमेत गरेको छ ।




भर्खरै