२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका सम्बन्धमा प्रदेश सरकारले शून्य सहनशीलताको नीति लिएको छ



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशीलताको नीति लिएर अघि बढेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति कैलालीको आज घोडाघोडीमा आयोजित नवौँ सभामा उहाँले भ्रष्टाचारमा शून्य सहनशीलताका विषयमा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता गर्नुभयो । मुख्यमन्त्रीले केही दिनअघि विवादित अडियो (श्रव्य सामग्री) सार्वजनिक भइसकेपछि सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको बताउनुभयो ।

विवादित श्रव्य सामग्रीका सम्बन्धमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानबिनलाई अगाडि बढाउनुपर्ने बताउँदै मुख्यमन्त्रीले भन्नुभयो, “यसमा प्रदेश सरकारको सहयोग रहन्छ, दोषी दण्डित हुनुपर्छ, उन्मुक्ति पाउनु हुँदैन ।”

अवरुद्ध भइरहेको प्रदेशसभाको बैठक सञ्चालन गराउन सर्वदलीय बैठक गरेर समस्याको सामाधान खोज्ने पहल भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सदन अवरुद्ध गरेर समस्या समाधान हुँदैन, प्रतिपक्षीसँग संवाद र सहकार्य गरेर सदन सञ्चालन हुन्छ भन्नेमा म विश्वस्त छु ।

प्रदेशसभाको अवरोध हटाउन केही दिनदेखि सत्तापक्ष र प्रतिपक्षी दलको बैठक बस्मे पनि सहमति जुट्न सकेको छैन । बैठकमा प्रतिपक्षीले अडियो प्रकरणका विषयमा घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै आएका छन् ।

वनसम्बन्धी कार्यविधि बनाउँदा आर्थिक चलखेल भएको भन्ने श्रव्य सामग्री सार्वजनिक भएपछि नागरिक उन्मुक्ति पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बन्नुभएका लक्ष्मणकिशोर चौधरीले केही दिनअघि पदबाट राजीनामा दिनुभएको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार मन्त्रालयका काजगात नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।रासस