काठमाडौँ । सत्ता र शक्ति संर्घषका कारण यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी गम्भीर मोडमा पुगेको छ । दुई बर्ष अघि पार्टी एकता गर्दा राष्ट्रिय शभागृहको भित्र र बाहिर खचाखच भरिएका कार्यकर्ता माझ दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले नेकपा विशाल जेट भएको र दुई पाईलटले कुशलतापूर्वक उडान गर्ने प्रतिबद्धता जनाउदै गर्दा हल भित्र र बाहिर लगातार लामो ताली बजेको थियो ।
कार्यकर्ता माझ दुई नेताहरुले आफुहरु माथि उक्लिएको पुल भत्काईसकेको हुदा फछाडी फर्कने अवस्था नभएका कारण ठुलो पुलको निर्माण गर्दै राजमार्गमा मा तिब्र गतिमा पार्टी दौडने उद्घोष गरेका थिए । तर व्यबहार नेताहरुले भनेको जस्तो भएन ।
केपी ओलीलाई अघि लाएर निर्बाचनमा होमिएको नेकपालेले झण्डै दुई तिहाइ मत प्राप्त गर्यो तर पाएको मतलाई सहि उपयोग र जन आकांक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचना पनि हुदैआएको छ ।
सरकार बनेदेखी नै पार्टीका शीर्ष नेताहरुले सहयोग नगरेको गुनासो प्रधानमनन्त्री ओलीको रहेको छ भने अन्य नेताहरु सरकारले पार्टीसँग कुनै पनि विषयमा सल्लाह नगरेको अन्य नेताहरुलाई पुरै उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाईरहेका छन् ।
दुबै पक्षबीच असमझदारी बढ्दै जादा कतिपय अवस्थामा शिर्षनेताहरुबीच सम्बादहिनताको अबस्था सम्म पु्गेको छ । प्रतिपक्षदल वा अन्य दलले गर्ने आचोलना र आरोपभन्दा पनि माथी उठेर आफनो पार्टीका नेताहरुलाई आरोप लगाएर जग हसाई गरिरहेका छन् । यतिसम्म आरोप प्रत्यरोपमा नेताहरु उत्रिएकी पार्टी अध्यक्ष पुष्पकमल दहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै संग्लनतमा जेष्ठ ४ गते निर्बाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गराएको आरोप लगाउनु भयो ।
उहाँको आरोप कति सत्य छ त्यो त समयले बताउला नै तर ओलीले पनि गोपाल किरातीले पनि नेकपा माओबादीलाई जिबित रोखेको भन्दै दहाल माथी पनि प्रश्न उठाउनु भएको छ । यसको अर्थ दुवै नेताहरुलाई गम्भिर संका छ कि नेकपा दीर्घकाल सम्म एकजुट अबस्थामा रहदैन । कार्यकर्ताहरु पार्टी एकता भएको कुरा भित्र देखी नै स्वीकार गर्न सकिरहेका छैनन् ।
कतिपय जिल्लामा बिगतमा जस्तै आ आफनौ पार्टी कार्यलयबाट काम कारबाही सञ्चालन गरिहेका छन् भने संसदिय दललाई पनि एकिकृत हुन सकको छैन । कतिपय अबस्थमा हेर्दा लाग्छ तत्कालीन समयमा केपी ओली र पुष्पकमल दहालको मात्र मन मिल्यो पार्टी पनि एकता भयो , आज उहाहरुको मन फाट्यो पार्टीका पनि धाजा पर्यो ।
दुबै पक्षका अधिकांश कार्यकर्ताहरुले बाहिरी मनले पार्टी एक हुनुपर्छ भने पनि भित्रि रुपमा कुनै पनि बेला पार्टी जे पनि हुन सक्छ भन्ने तयार मानसिकतामा रहेका छन् । कथंकदाचित पार्टी पुरानै अबस्था पुग्ने लक्षण देखियो भने नेता तथा कार्यकर्ताहरको कित्ताकाट त भैहाल्छ यस्तो अबस्थाम केही प्रतिशत कार्यकर्ताहरु एता उता होला तर बरिष्ठ भनिएका नेताहरु लाई भने महासंकट आई लाग्ने छ ।
दहालले भनेझै ओलीले पूर्ब एमाले ब्यूताउने प्रयास गरे भने एमाले र मदन भण्डारीको बिरासत बोकेको पार्टी भन्दै पक्के पनि अघि बढ्ने छन् भने दाहालले सशस्त्र द्धन्द्धको बिरासत बोकेर नेकपा वा नेकपा माओबादीलाई अघि बढाउने छन् । यस्तो अबस्थामा ओली बिरुद्ध दहाललाई सुरु देखी नै साथ दिदै आएका माधब नेपाल, झलनाथ खनालले कुन कित्ता रोज्छन् होला ? पूर्व एमाले सक्रिय भए त्यसको हर्ताकर्ता पक्कै पनि ओली नै हुनेछन् भने अर्को तर्फको नेतृत्व दहालले नै सम्हान्छन् होला । यस्तो अबस्थामा नेपाल र खनाल दोश्रो दर्जाका रुपमा कसैको पछि लाग्नैपर्ने अबस्था आउछ ।
हुनत राजनीतिमा स्थायी शत्रु वा स्थायी मित्र हुदैन । हाल देखिएको समस्या कुनै एक पक्षले त्याग गरेर सहज रुपमा समाधान पनि हुन सक्ला यदि भएन भने बिमति बढ्दै जानु त स्वभाबिक नै हो । यस्तो अबस्था बिमतिकाबीच एकै ठाउँमा सधैँ बसिरहने अबस्था नहुन पनि सक्छ । आ आफनो कित्ताकाट भएमा हिजो आफुले बोकेर आएकाहरु लिएर पुरानो घरको मर्मत गर्लान तर घरमुलि भैसकेकाहरु के गर्छन होला ?
पुरानो दलका कार्यकर्ताहरुले हेर्ने दृष्टिकोण वा नया दलका कार्यकर्ताहरुले हेर्ने दृष्टिकोण कस्तो हुन्छ होला ? तसर्थ पटक पटक घरमुली भैसकेका नेताहरुले परिस्थितीको राम्रै आंकलन त गरेकै हुनुपर्छ । त्यसकारण पनि त्यागमा नै पार्टीको भबिष्य जोगाउने कि ब्यक्तिगत तुषमा पार्टीलाई घराप पार्दै व्यवस्था माथी नै प्रश्न उठाउने वातावरण बनाउछन् त्यो भने केही समय पछि पटाक्षप हुने नै छ ।











