६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताउनुभएको छ ।

आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताउनु भयो । उहाँले राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरुलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको बताउनु भयो । उहाँले राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको उल्लेख गर्दै निजी सम्पतीमा क्षति पुर्याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै अस्वीकार ग¥यो । जुन खालको प्रवृत्ति, क्रियाकलाप र अराजकता देखियो त्यसबाट उनको लक्ष्य भनेको निरङ्कुश राजा नै हुने हो भन्ने निष्कर्ष हाम्रो छ । मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने मानसिकता देखियो । जो त्यो घटनामा संलग्न छन्, तोडफोड गरेका छन्, निजी सम्पतीमा क्षति पुर्याएका छन् र जसले उत्तेजना फैलाएको छ तिनीहरुलाई त सरकारले तथ्य र प्रमाणका आधारमा कारबाही गर्ला ।’

लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको कारण लोकतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने उहाँको भनाइ छ ।