२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनको गतिरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा भइरहेको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

संसद् भवन नयाँ वानेश्वरमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन् ।

विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बुधवारबाट सदन अवरोध गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने बताइएको छ ।