२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्योः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिनुभएको छ ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिकजस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले घरमा आगो र प्रहरमिाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एकरदुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाउनु भयो । उहाँले आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । सबै प्रतिगामी, निरङ्कुशतावादीहरुको एउटा प्रतिक जस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरुले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका मण्डलेहरुले । एकदुई जना मरुन् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरुको चरित्र हो । हामी लाखको वरिपरि जम्मा छौं । त्यसकारण आजै तुलना गर्नुस् गणतन्त्रवादीहरुको चरित्र र राजावादी मण्डलेहरुको चरित्र आजै चैत्र १५ गते सम्पूर्ण नेपाली जनताले देख्नेगरी र बुझ्नेगरी काठमाडौंमा प्रदर्शित भयो ।’

इतिहासलाई पछाडि फर्काउने दुःशााहस नगर्न उहाँको चुनौती छ ।