१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday
Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित



अ+ अ-

गण्डकी। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीलाई सम्मान गरेको छ ।

नागरिक समाज कास्कीसँगको सहकार्यमा अभियन्ता गिरीलाई पर्वत सदरमुकामस्थित ‘शताब्दी घर’मा पुगेर सम्मान अर्पण गरिएको हो ।अभियानमार्फत नागरिकमा प्रकृति रक्षाको जागरण फैलाउनाका साथै ‘शताब्दी घर’ सांस्कृतिक सङ्ग्रहालयमार्फत संस्कृति एवं ऐतिहासिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गिरीलाई ‘वातावरण तथा सम्पदा संरक्षण सम्मान’ प्रदान गरिएको वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, संयोजक पौडेल र नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले संयुक्त रूपमा सम्मान अर्पण गर्नुभएको थियो । मुख्य न्यायाधिवक्ता शर्माले कालीगण्डकी कुनै पनि बहानामा दोहन हुनु दुःखद् रहेको बताउनुभयो ।

उहाँले जल र जीवनको सम्बन्ध अनोन्याश्रित हुने भन्दै मान्छेको अधिकारजस्तै कुनै पनि प्राकृतिक सम्पदा जीवित रहन र निर्वाध आफ्नो बाटोमा हिँड्न पाउने अधिकार रहेको बताउनुभयो । नदी दोहनलाई कानुनमार्फत व्यवस्थापन गर्न खोजिएको भन्दै मुख्य न्यायाधिवक्ता शर्माले विकास र वातावरणलाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।

सम्मानित व्यक्तित्व गिरीले शालिग्राम पाउने एकमात्र र पाषाणकालीन सभ्यतासँग जोडिएको कालीगण्डकी नदी दोहन रोक्न आग्रह गर्नुभयो । नेपाल जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र वायु प्रदूषणको उच्च मारमा पर्दै गएको भन्दै उहाँले नदी संरक्षणमा जोड दिनुभयो । सम्मानले सामाजिक एवं पर्यावरणीय न्यायका पक्षमा थप सक्रिय भएर लाग्न सम्मानले नयाँ ऊर्जा दिएको अभियन्ता गिरीले बताउनुभयो । रासस