१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

25.87°C

काठमाडौं

25.87°C

Kathmandu

Feels-like: 25.01

Wind: 5.66

Humidity: 19

Latest
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध ट्रंकलाइन र डेडिकेटेड लाइनको महशुल उठाउन नदिन कुलमानलाई वर्खास्त गरियोः सांसद ढकाल सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा व्यवसायीले सिमेन्ट र डन्डीको मूल्य वृद्धिको औचित्य पुष्टि गर्नुपर्छः महानिर्देशक दाहाल सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः प्रचण्ड नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन: प्रधानमन्त्री आईपीएलमा म्याक्सवेलको नाममा लज्जास्पद रेकर्ड उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय सन् २०३० सम्ममा छ लाख मेट्रिक टन कोक प्लास्टिक फोहोर जल क्षेत्रमा हुने: अध्ययन सीएम योगी आदित्यनाथको कथामा फिल्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुद्री चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन



अ+ अ-

ब्रिसबेन (अस्ट्रेलिया): गएको साता मात्र चक्रवात (समुद्री आँधी) अलफ्रेडले प्रभावित अस्ट्रेलियाली राज्य क्विन्सल्याण्ड राम्रोसँग तंग्रिन सकेको छैन । राजधानी ब्रिसबेनमा शुक्रबार आयोजित नेपथ्य कन्सर्टमा भने त्यसको कुनै छनक देखिएन । चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै झुमे दर्शक ।  

 क्यानबेरा र पर्थका दर्शकसँग रमाइलो क्षण बाँडेपछि नेपथ्य ब्यान्ड अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेन आइपुगेको थियो । यहाँस्थित टिभोली हलमा नेपथ्यको प्रस्तुति अघिल्ला सहरहरूमा जत्तिकै भव्य रुपमा सम्पन्न भएको छ ।

चक्रवातको बेला तीन दिनसम्म सहरका अधिकांश भागमा बिजुली बत्ती गएको थियो । आसन्न संकटलाई लिएर बाल्टिनमा पानी थापेर जोहो गरेको जस्ता अनुभव स्थानीय नेपालीले सुनाइरहेका थिए । अरु बेला जताततै निलो पानी बग्ने सहरमा अझैसम्म पहेँलो र छाएको छ भने नदीहरुमा रुखका मुढा बगिरहेका देखिन्छन् । सिटी काउन्सिलले मंगलबारदेखि मात्र सार्वजनिक स्थल क्रमशः खुला गर्दै लैजान थालेको सूचना जारी गरिरहेको छ ।

 खेलकुदका गतिविधि त अझै सुरु भइसकेको छैन,’ सात वर्षदेखि ब्रिसबेन बस्दै आएका अमित अर्यालले कन्सर्ट चलिरहेकै बेला भने, ‘दुतीन दिनअगाडि मात्रै तोकिएको भए स्थगितै गर्नुपर्ने कन्सर्ट हेर्न यति धेरै दर्शक आउनु आफैँमा सुखद हो ।

 कन्सर्ट पूर्वनिर्धारित समय अर्थात् बेलुकीको ठीक  बजे सुरु भएको थियो । त्यसभन्दा झन्डै डेढ घण्टा अगावैदेखि हअगाडि दर्शकको लाम लाग्न सुरु भइसकेको देखिन्थ्यो ।

 अन्यत्रझैँ कन्सर्टको थालनी कोशीको पानी’ गीतबाट यो । गीतहरुका बीचबीचमा आफ्नो भनाइ राख्दै मुख्य गायक अमृत गुरुङले जस्तोसुकै संकटलाई पनि मिलेर सामना गर्ने नेपालीको बानी विदेशमा पनि कायम राख्न र मानवता एवं सहयोगी भावना विकास गर्न दर्शकलाई अनुरोध गरे ।

छेक्यो छेक्यो’ गीत सुनाएपछि अमृतले होलीको शुभकामना बाँडे । लगत्तै अब म तपाईंरुलाई मेरो बैंको गीत सुनाउँछु’ भन्दै आँगनैभरि’ गाए ।

दर्शकको भिडमा व्हीलचेयर गुडाउँदै आएका ४६ वर्षीय विका चापागाईं पनि थिए । यो जिन्दगानी’ गीतको प्रस्तुतिमा लट्ठिएका उनले प्रतिक्रिया दिए, ‘यो मला असाध्यै मनपर्ने गीत हो ।

सानैदेखि मस्कुलर डिस्ट्रोफी रोगले च्यापेपछि हिँडडुलमा समस्या भोग्दै आएका उनलाई १३ वर्षअघि अस्ट्रेलियाली सरकारले उच्च शिक्षाको अवसर प्रदान गरेको थियो ।

यो ब्यान्डले मनोरञ्जन मात्र नभ मानवताको सन्देश दिन्छसबैको मनोल उच्च बनाउन खोज्छ र नेपालीपनको सकारात्मक सन्देश पनि बाँड्छ, त्यसैले अरुभन्दा विशेष लाग्छ,’ उनले भने, ‘नेपालबाट आउने प्रायः सबैजसो कार्यक्रममा जाने गरेको छु । नेपथ्यको प्रस्तुति चाहिँ अन्तर्राष्ट्रिय स्तरको महसुस हुन्छ ।

पढ्नका लागि ब्रिसबेन आएदेखि नेपथ्यको कुनै पनि कन्सर्ट नछुटाएको उनले सुनाए 

यो जिन्दगानी’ सकिनासाथ गायक अमृतले शुक्रबारै दिवंगत भएका साहित्यकार लीलहादुर क्षेत्रीलाई सम्झेका थिए । आफ्नो गाउँठाउँ छाडेर बसाइँ सर्नेहरुको अमर कथा लेख्ने क्षेत्रीलाई हामी नेपालीले कहिल्यै बिर्सने छैनौं,’ उनले भने, ‘यो गीत आज उहाँलाई नै समर्पण गर्छु ।
दर्शकले ताली बजाएर उनलाई समर्थन जनाएका थिए ।

 दर्शक रमाएको देख्दा जहिले पनि आनन्द मिल्छ,’ स्थानीय आयोजक सन्तोष कुँवर भन्दै थिए, ‘हामीले अनुमान गरेको भन्दा राम्रोसँग कार्यक्रम सम्पन्न भयो ।

नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिकूलताबीच पनि दर्शकले कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको देख्दा खुसी लागेको सुनाए ।

हामी क्यानबेरामा छँदै नेपालका लागि अस्ट्रेलियाकी पूर्वराजदूत फेलिसिटी भोल्क लगायतका मित्र एवं शुभचिन्तकले ब्रिसबेनको अवस्थाबारे चासो र चिन्ता प्रकट गरिरहनुभएको थियो, थुप्रै कार्यक्रम स्थगित भइरहेको सुन्दा हामी पनि अन्योलमा परेका थियौं,’ उनले भने, तर नेपथ्यका मायालु दर्शकले कार्यक्रम भव्य बनाइदिनुभयो ।

ब्यान्ड र व्यवस्थापनको १४ सदस्यीय टोलीमध्ये मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुविन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

 मुलुकको पूर्वी किनारमा रहेको ब्रिसबेनपछि ब्यान्ड अब दक्षिण तर्फको टापु अर्थात् तास्मानियाको राजधानी होबार्ट पुग्दै छ । आगामी कन्सर्ट मार्च १८ मा होबार्टस्थित ओडियन थिएटर मा हुनेछ । ब्यान्ड मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रीट म्युजिक हलमा’,  मार्च २४ मा मेलबर्नको फेस्टिभल हल मा प्रस्तुत भएपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ ।

 पृथ्वीको दक्षिणी गोलार्द्धको सहर सिड्नीस्थित होर्डन पभिलियन मा मार्च २९ को साँझ आयोजित कन्सर्टका लागि झन्डै तीन साताअघि नै टिकट सोल्ड आउट’ भएपछि शो थपिएको छ । दर्शकको चाहनालाई सम्मान गर्दै नेपथ्य साढे पाँच हजार क्षमताको होर्डन पभिलियन’ हलमा मार्च ३० मा पनि प्रस्तुत हुनेछ । त्यलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।