५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत

प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत
अ+ अ-

पर्सा । प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत भएकी छिन् ।

वीरगंजबाट प्रकाशित प्रतीक दैनिको ३४ औँ वार्षिकोत्सवको अवसरमा सुवोध स्मृती फोटो पत्रकारिता पुरस्कार २०७७ यसबर्ष मध्य नेपाल पत्रिकाकी कविता खड्काले प्राप्त गरेकी छिन् ।
प्रतीक दैनिकको कार्यालयमा आज आयोजित एक कार्यक्रममा विच प्रधान सम्पादक जग्दीश शर्माले २५ हजार रुपियाँ पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

हेरक वर्ष कार्यदक्षता तथा फोटो पत्रकारिताको अधारमा पत्रिकामा प्रकाशित फोटो मार्फत छनोट भएका एकजनालाई पुरस्कृत गर्दै आएको पुरस्कार मध्य नेपाल पत्रिकाकी कविता खड्कालाई प्रदान गरिएको हो ।

२०७३ सालदेखी मध्य नेपाल सन्देश पत्रिका र मध्य नेपाल अनलाईन आफ्नौँ नेतृत्वमा सञ्चालन गर्दै आएकी पत्रकार कविता खड्का विग्त ३ वर्षदेखी निरन्तर प्रतिश्पर्धामा सामिल हुदैँ आएपनी यसवर्ष आफु पुरस्कृत भएकोमा ज्यादै खुशी लागेको बताईन् । पुरस्कारले निरन्तर लागि रहन् प्रेरित गर्ने उनले भनाई थियो ।
कोरोना कहर तथा लकडाउन भएकोले प्रतीक दैनिकको कार्यालयमा कार्यालयलाई निसंक्रमित गरेर ग्लब्स, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै कार्यालय कर्मचारी र पुरस्कृत व्यक्तिहरूको मात्र सहभागितामा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको प्रधान सम्पादक तथा सुवोध स्मृति प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माले बताउनुभयो ।

पत्रकार जगतको कलम नरुकुन र पत्रकारिता पुरस्कारले लगन, मेहनत र प्रोत्साहन पाईरहुन् भन्ने उदेश्यले कार्यक्रम गरिएको उहाँले बताउनु भएको थियो ।
यसअघि यो पुरस्कार राम सर्राफ, राम क्षेत्री, उत्तम खडगी, जीतलाल श्रेष्ठ, मनीष पौडैल, जियालाल साह, प्रवीण मानन्धर, प्रणय साह, विजय चौहान, अरविन्द अमात्य, पंकज श्रेष्ठले प्राप्त गरेका छन् ।

यसैगरी कोरोनाको महामारीको समयमा जोखिम मोलेर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षँकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरेको हो । वार्षिकोत्सवको अवसरमा मा टोलमा सरसफाई गर्दै आएका सफाइ नाइके अयोध्याप्रसाद तत्वासहित ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
यस क्रममा स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हालकी सञ्चालिका मीना बटाला, पत्रकार शेखर छतकुली, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रसनि इनाकुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका सुबोध सिंहलाई सम्मान गरिएको थियो ।

यसैगरी वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद रु ५ हजारसहित  प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक प्रताप श्रेष्ठले गर्नुभएको थियो ।