५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै
अ+ अ-

काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । 

गत शुक्रबार १०, शनिबार नौ र आइतबार पाँच सङ्क्रमित देखिएका छन् । आइतबार साँझसम्म कूल ७६ जना कोरोना भाइरस पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । यसमध्ये ३२ उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ । हाल ४३ आइसोलेशनमा उपचाररत छन् । केही दिनदेखि कोरोना भाइरस समुदायमासमेत फैलिन थालेपछि उच्च सतर्कता अपनाउन सरोकारवाला निकाय गम्भीर बनेको पाइएको छ । 

विगत तीन दिनदेखि कारोना सङ्क्रमितसँग निरन्तर सम्पर्कमा रहेकाले आइतबारदेखि पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झासमेत एकान्तबासमा हुनुहुन्छ । “केही दिनदेखि निरन्तर सङ्क्रमितसँग सम्पर्कमा रहेकाले म हाल ‘सेल्फ क्वारेन्टिन’मा छु, अब कार्यालयको काम मोबाइल र इन्टरनेटबाट नै गर्छु”, उहाँले भन्नुभयो । उहाँका अनुसार केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमित बढिरहेकाले जिल्लाका नागरिकले विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता भइसक्यो । 

काभ्रेका स्थानीय तहले पनि धमाधम आफ्नो क्षेत्रमा कोरोना सङ्क्रमित देखिदै÷बढ्दै गएपछि निश्चित क्षेत्र तथा मुख्य नाका सिल गरिरहेका छन् भने सूचनामार्फत स्वास्थ्यसुरक्षाका मापदण्ड अपनाउन सार्वजनिक अपिल गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलले पनि सूचना जारी गर्दै कारोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मानिसको जमघट, भेला भिडभाडबाट उक्त रोगको सङ्क्रमण फैलनसक्ने भएपछि धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरका बजार क्षेत्रमा आत्यावश्यकबाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमीनार, छलफल र भेलाजस्ता काम नगर्न÷नगराउन सबैमा अनुरोध गरेपछि स्थानीय तहले सतर्कता अपनाउन आम नागरिकका आग्रह गर्न थालेका हुन् । 

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिलमा सङ्क्रमण दर दिनानुदिन बढिरहेकाले विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणको एकमात्रै उपाय स्वास्थ्यसुरक्षाको मापदण्ड अपनाउनु नै हो, यो जिल्लाका नागरिकले अपनाउनै पर्छ ।” उहाँका अनुसार जिल्लाका अन्य स्थानीय तहले सुरक्ष सतर्कता अपनाउन अपिल गरिरहेका छन् । 

त्यसो त, पछिल्लो समय तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्ने काभ्रेलीको बसाई अवधि सकिएपछि सङ्ख्या घटिरहेकाले रित्तिने अवस्थामा पुगेका छन् । तेह्र स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन श्यया व्यवस्थित गरेका छन् । पाँच बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको बनेपा नगरपालिकाले हाल थप ५० श्ययाको आइसोलेशन कक्ष व्यवस्थित गरिरहेको छ ।

पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा १०४ पुरुष र १६ महिला बसेका छन् । जसमध्ये बनेपा नपामा १६, धुलिखेलमा १९, पनौतीमा ११, पाँचखालमा छ, नमोबुद्धमा छ, मण्डनदेउपुरमा नौ तथा रोशी गाउँपालिकामा २७, तेमालमा १४ र भुम्लुमा १२ जना क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, महाभारत, बेथानचोक र चौँरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिइसकेका छन् । 

छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९१५ पुरुष र १९१ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२० काभ्रेली घर फर्किएका हुन् । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।