५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सर्पको बिगबिगीः एक महिनामा १२० जनाको उपचार

सर्पको बिगबिगीः एक महिनामा १२० जनाको उपचार
सांकेतिक तस्बिर
अ+ अ-

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्न थालेसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । 

बर्खामा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । पछिल्लो साउन महिनामा मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० सर्पदंशका घटना देखिएका हुन् । विषालु सर्पले डसेर मध्य साउनयता महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । 

अहिले  बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको भीड छ । पछिल्लो साउनभरिमा नै ४० सर्पदंश घटनाका बिरामी उपचारबाट निको भएर घर फर्केका छन् । पछिल्लोपटक जिल्लाकै भङ्गाहा नगरपालिका–५ राजपुरका मात्रै आठजना उपचारपछि निको भएर घर फर्केका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । भङ्गाहा–५ मा गत शुक्रबार एकैदिन १६ जनालाई सर्पले डसेको भए पनि अन्य आठजना सिरहाको बन्दीपुरमा नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा गएका भङ्गाहा–५ का वडाध्यक्ष शिव महतोले बताउनुभयो । भङ्गाहा–५ कै दुईजनाको भने उपचार केन्द्र नपुग्दै साउन १५ यता मृत्यु भएको छ ।  

असार अन्तिम साता र साउन मध्यसम्मको पटकपटकको मुसलधार वर्षाले सर्प बस्ने दुला पानीले भरिएपछि यस भेगमा सर्पको बिगबिगी बढेको हो । साउन महिनामा ४० जना सर्पदंशका बिरामी उपचार गर्न आएकामध्ये अत्यन्त विषालु गोमन र करेतले डसेका १२ जनाको सफल उपचार भएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । अन्य भने भाइबर ९सर्पको एक प्रजाति०, बिच्छी र खजुराले टोकेका पुष्टि भएको देवकोटाको भनाइ छ । यस अवधिमा सर्पदंशको शङ्काले जचाउन आउने नै १२० जना पुगेका केन्द्रले जनाएको छ । 

महोत्तरीको बर्दिवास नगरपालिकाका वडानम्बर १, २, ३, ४ र १४ सर्पको ‘खानी’ नै भएको यहाँको आम जनबोलीमा पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिवासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दत्र्ता भएकाभन्दा निकै बढी घटना हुने गरेका देवकोटाले बताउनुभयो । 

विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छजना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता हालसम्म एक हजार ४३८ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । तीमध्ये आर्थिक वर्ष २०७६÷०७७ मा १६०, आव २०७५/०७६ मा ३१९, आव २०७४/०७५ मा २९६, आव २०७३/०७४ मा २७३, आव २०७२/०७३ मा २७० र आव २०७१/०७२ मा १६५ जना रहेको केन्द्रले जनाएको छ ।

झारफुक प्रवृत्ति कायमै
सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । “सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धामीझाक्री खोज्ने चलन अझै पनि कायमै रहेको छ”, केन्द्रका अध्यक्ष देवकोटाले भन्नुभयो, “महोत्तरीमा करिब ५ प्रतिशत बिरामी पहिला धामीझाक्री र त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।” यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनु परेको उहाँको भनाइ छ । 

‘सबै सर्प विषालु हुँदैनन्, महोत्तरीमा ६० प्रतिशतभन्दा बढी ननपोइजनस घटना हुन्छन्”, उहाँले भन्नुभयो, “ती ६० प्रतिशत बिरामी घरमै बसे पनि मर्दैनन् । यिनै घटनामा धामीझाक्री र झारफुकको भ्रम पर्छ र विषालु सर्पले टोकेका बिरामीले ज्यान गुमाउँछन् ।”

महोत्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायत विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप) लगायतका विषालु सर्पले टोकेका बिरामी धरै आउने गरेको केन्द्रले जनाएको छ । “धेरैजसो घाँस काट्न खेतबारीमा गएका बेला तथा राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन्, सावधानी अपनायो भने घटना कम हुन्छन्”, अध्यक्ष देवकोटाले भन्नुभयो ।