काठमाडाैंः राजधानी उपत्यकामा बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएकाे छ ।
राजधानीमा कोरोनाभाइरसको संक्रमण बढेसँगै काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला प्रशासन कार्यालयका तर्फबाट सामूहिक निर्णय सार्वजनिक गरिएकाे छ । यी निर्णयमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछन् भने सर्वसाधारणलाइ घरभित्रै बस्न अनुराेध गरिएकाे छ ।
सरकारले मन्त्रिपरिषदको निर्णयबाट निषेधाज्ञा जारी गर्न सक्नेगरी स्थानीय प्रशासनलाइ अधिकार प्रत्यायोजन गरेको थियो ।
हेर्नुहाेस् निर्णय












