४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

बागमती। मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना हँुदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । रासस