२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँका सडक विस्तार हुँदा नागरिकलाई सुविधा



अ+ अ-

दाङ। यहाँको घोराही उपमहानगरपालिका–६ का गाउँबस्तीका सडक विस्तार हुँदा स्थानीयलाई सुविधा भएको छ । चैनपुर– अघरा सडक वर्षौँदेखि ‘ग्राभेल’ मात्र थियोे । अहिले पक्की नालासहितको सडक विस्तारले गाउँलेलाई हिँड्डुल गर्न सजिलो भएको हो ।

सो सडकमा पक्की नाला र सडक विस्तार सकिएको छ । घोराही उपमहानगरपालिका–६ अघराका रमा घर्ती घोराही बजार पुग्न आधा घण्टा पैदल हिँडेपछि मात्र गाडी भेट्ने ठाउँमा पुग्नुुहुन्थ्यो । अहिले गाउँको सडक नालीसहित विस्तार भएपछि घरमै अटोरिक्सा आउने गरेको उहाँले बताउनुभयो । स्थानीय सरकारले पूर्वाधार विकासमा जोड दिँदै गाउँलाई सडक सञ्जालमार्फत जोड्ने काम तीव्र रुपमा अघि बढाएका कारण सहज भएको उहाँले बताउनुभयो ।

सडक विस्तार भएसँगै गाउँघरको जीवनशैलीमा परिवर्तन आएको उहाँको भनाइ छ । गाउँघरमा उत्पादन भएका कृषिजन्य उत्पादन सजिलै सहरसम्म पु-याउन सकिने र आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।

अघरा–जजरागाउँ सडकमा पक्की नाला निर्माण र सडक विस्तार सकिएको छ । सडक सञ्जालको विस्तारले शिक्षा र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको स्थानीय चन्द्रीका शर्मा बताउनुहुन्छ । वर्षामा हिलो र हिउँदमा धुलो उड्ने भएकाले बालबालिकालाई विद्यालय पुग्न असजिलो थियो । हाल सडक बिस्तार भएसँगै सबैलाई सजिलो भएको उहाँले बताउनुभयो ।  गाउँमा सञ्चार, विद्युत्, खानेपानीका धारा घरघरमा पुगेका छन् ।

घोराही उपमहानगरपालिका–६ का अध्यक्ष विष्णुराम आचार्यले वडाभित्र सडक नपुगेका स्थानमा नयाँ ट्रयाक खोल्ने र भएका सडकमा स्तरोन्नति गरिरहेको बताउनुभयो । स्थानीय सरकारले स्थानीयस्तरमा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ छ ।

त्यसैगरी आव २०७९/८० मा १० किमि र आव २०८०/८१ मा १८ दशमलव ८० किमि सडक कालोपत्रे भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सात वर्षमा कूल दुई सय १७ दशमलव २५ किमि सडकको ग्राभेल तथा स्तरोन्नति गरिएको छ ।  त्यसैगरी एक सय ६८ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम गरिएको छ ।

उपमहानगरपालिकाले ७ मिटरका सडकहरुमा नालासहित कालोपत्रे गरिरहेको  र नालासहित कालोपत्रे गर्दा ढल निकासमा सहयोग पुग्ने चौधरीले बताउनुभयो । रासस




भर्खरै