४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 6.17

Humidity: 78

Latest
प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रमः कार्यान्वयनको अवस्था बेहाल कोरलामा व्यापारिक चहलपहल बढ्यो ‘बिना तयारी भारु विनिमयदर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकट निम्तिन्छ’ नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिँदैछ, त्यो स्वीकार्य छैनः प्रधानमन्त्री ओली शिक्षकहरुको आन्दोलन–फोटोफिचर द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा प्रचण्डले भनेको आधारमा सरकार ढल्दैनः कांग्रेस २०८४ सम्म सरकारमा जाँदैनौँः अध्यक्ष दाहाल उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी भित्र्याउने वातावरण बनाउन कांग्रेस नेता डा कोइरालाको आग्रह



अ+ अ-

झापा। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

पार्टीको पूर्वआप्रवास समन्वय विभागले आज विर्तामोडमा आयोजना गरेको ‘स्वदेशदेखि विदेशसम्म’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले लगानीमैत्री वातावरण बनाउन सके मुलुक समृद्धिको मार्गमा जान समय नलाग्ने धारणा राख्नुभयो ।

“हाइड्रोपावर, कृषि उत्पादन, जडीबुटी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा लगानी गरेर आयस्तर बढाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ ।” विदेश जाने नेपालीलाई कमदक्ष, दक्ष र अध्ययन गरी तीन किसिममा प्रकारमा बाँड्नुपर्ने धारणा राख्दै नेता कोइरालाले देश विकासका लागि विदेशमा सिकेका सीप र आर्जेको पैसा स्वदेशमा लगानी गर्ने उत्साहजनक वातावरण बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले जनतामा चुलिएको निराशा अन्त्य गर्ने अवसर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई प्राप्त भएको भन्दै वर्तमाने गठबन्धनबाट बनेको सरकारले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वमा अर्थतन्त्रको ढाँचा फेरिएको उल्लेख गर्दै उत्पादन गर्नेले भन्दा डिजाइन र बजारीकरण गर्नेले बढी मुनाफा आर्जन गरिरहेका बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, सरिता प्रसार्इं, राजीव कोइराला, सुशीला ढकाल आचार्य, डा गोविन्द पोखरेल, गोमा भट्टराई, दिनेश कोइरालालगायत वक्ताहरूले विदेशमा रहेका नेपालीलाई स्वदेशमा सीप र श्रमको सदुपयोग गर्ने नयाँ नीति र कार्यक्रमको खाँचो रहेको औँल्याउनुभएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने अन्तरक्रियामा कोशी प्रदेशभरिका एक सयबढी प्रतिनिधिको सहभागिता रहेको विभागका कोशी प्रदेश संयोजक विज्ञानराज प्रसाईंले जानकारी दिनुभयो । कार्यक्रममा पूर्वआप्रवासीहरूको तथ्याङ्क सङ्कलन, उनीहरूमा रहेको सीप र क्षमताको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल हुने र छलफलमा उठेका विषयवस्तुको दस्तावेज बनाएर पार्टी केन्द्रीय समितिमा बुझाइने उहाँले उल्लेख गर्नुभयो । रासस