२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

चन्द्रागिरि नगरपालिकाद्वारा पाँच विधाका चौध महिला सम्मानित

चन्द्रागिरि नगरपालिकाद्वारा पाँच विधाका चौध महिला सम्मानित
अ अ+ अ-

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाले विभिन्न पाँच विधामा उत्कृष्ट योगदान पु¥याएका नगर क्षेत्रका १४ महिलालाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो ।

समाजसेवामा समर्पित भई अतुलनीय योगदान पु¥याएबापत स्थानीय शारदा खतिवडा, रुकुमिणी गिरी र यमुनादेवी श्रेष्ठ, महिला अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै शान्ति महर्जन र दुर्गा तिमिल्सिना तथा   नगर क्षेत्रबाट हालै विद्यावारिधि हासिल गरेका डा मिनु सिग्देल लोहनी र डा सुनिता थापालाई सम्मान गरिएको हो ।

यसैगरी, महासेनानी अञ्जु कार्की रायमाझी, उद्यमी कृष्णप्रभा जोशी, मीना गोपाली, पार्वती कार्की, इन्द्रमाया महर्जन, रञ्जिता न्यौपाने र दीना श्रेष्ठलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, निमित्तप्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेलले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र एवं दोसल्ला ओढाए सम्मान गर्नुभयो ।

त्यस अवसरमा नगरप्रमुख गिरीले महिलाहरूको विकासका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै उनीहरूको सशक्तीकरण, नेतृत्व विकास र उद्यमशीलतामा काम गरिरहेको बताउनुभयो । उहाँले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै महिलाको अर्थपूर्ण  प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न पालिका सचेत रहेको बताउनुभयो ।

उपप्रमुख श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त सहकार्य र समन्वयमा नगर क्षेत्रका महिलाहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका कार्यक्रम सञ्चालन भइराखेको बताउनुभयो ।  नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाका प्रमुख महिला विकास अधिकृत रश्मी श्रेष्ठ र महिला विकास अधिकृत अनिता पौडेलले समावेशी योजना तयार गर्न सहयोग पुग्ने अपेक्षासहित नगर क्षेत्रमा बसोबास गरिरहेका लब्धप्रतिष्ठित महिलाहरूको विवरण तयार गरिने बताउनुभयो ।

सम्मानित हुनेतर्फ बागमती प्रदेशसभा सदस्यसमेत रहनुभएकी यमुनादेवी श्रेष्ठ, समाजसेवीद्वय खतिवडा र गिरीले नगरपालिकाले महिलालाई सम्मान गर्ने कार्यक्रम राम्रो रहेको चर्चा गर्दै यसले समावेशी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  रासस