२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

प्रधानमन्त्री कप क्रिकेट : सचिन चम्किदा बैतडी फाइनलमा प्रवेश

प्रधानमन्त्री कप क्रिकेट : सचिन चम्किदा बैतडी फाइनलमा प्रवेश
अ अ+ अ-

बैतडी। सचिन भट्ट चम्किदा बैतडी प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कञ्चनपुरलाई ४९ रनले हराउँदै बैतडी फाइनलमा सुरक्षित भयो ।

बैतडीले दिएको १६० रनको लक्ष्य पछ्याएको कञ्चनपुर २४.१ ओभरमा ११० रनमा अलआउट भयो । जसमा सुशील खड्काले ३७, राहुल चन्दले २२ र किरन ठगुन्नाले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कञ्चनपुरको पारी ध्वस्त पार्ने क्रममा बैतडीका बलर सचिन भट्टले ह्याट्रिकसहित ७ विकेट हात पारे ।

करिअरकै उत्कृष्ट बलिङ गरेका सचिनले ६ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ७ विकेट लिएका हुन् । सचिन म्यान अफ द म्याच पनि चुनिए । यस्तै हिक्मत महराले २ र भूपेन्द्र चन्दले १ विकेट झारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ४१ ओभरमा १५९ रनमै समेटियो । उसका खडक बोहराले ४४, कप्तान वसन्त खत्रीले अविजित ३५, प्रदीप चन्द १९, सुनिल चन्द १२, हिक्मत महरा ११ र दीपक बोहराले १० रन हिर्काए ।

बलिङतर्फ कञ्चनपुरका मिलन बोहराले ४, विकास आग्रीले ३, कप्तान हेमन्त धामीले २ र अरून ऐरीले १ विकेट पाए । बैतडीले उपाधिका लागि भोलि कैलालीसँग खेल्नेछ । गत वर्षको फाइनलमा पनि यी दुबै टोली फाइनलमा भिडेका थिए । जसमा कैलाली च्याम्पियन भएको थियो ।

गत संस्करणको हारको बदला लिने लक्ष्य बैतडीको हुनेछ भने निरन्तरताको पक्षमा कैलाली हुनेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताउनुभयो ।रासस