४ पुष २०८२, शुक्रबार
,
Latest
नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानकै पक्षमा काम गरिरहेका छौँ- कृषि मन्त्री रामनाथ अधिकारी



अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताए ।

युवा किसान सञ्जालले आज यहाँ आयोजना गरेको किसान सम्मान एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफुले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनामा भएका कार्य समग्र कृषि र किसानको पक्षमा भएको बताए । अझै थुप्रै कामहरु गर्न वाँकी रहेकाले सकारात्मक प्रतिफल देखिँदै जाने उनको भनाइ थियो ।

कृषि विधेयक चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी उनले दिए । विधेयक चाँडै मन्त्रिपरिषद हुँदै संसद्मा पुग्न लागेको र कृषिमार्फत गरिबी घटाउँदैै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीले बताए ।

किसानलाई परिचय पत्र वितरण यसै वर्षदेखि सुरु गर्न लागेको बताउँदै उनले प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी भएको बताए । मन्त्री अधिकारीले कृषि मन्त्रालयमार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाको नाम सार्वजनिक गरिएको बताउँदै कृषि र किसानका नाममा रु एक खर्ब सात अर्ब वितरण भएकाले यसको उपलब्धि खोज्ने काम भएको बताए ।