५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

भौगोलिक, धार्मिक, सांस्कृतिक, सामाजिक पहिचान गर्न स्वयम्भू महोत्सव सुरु-फोटो फिचर

भौगोलिक, धार्मिक, सांस्कृतिक, सामाजिक पहिचान गर्न स्वयम्भू महोत्सव सुरु-फोटो फिचर
अ+ अ-

काठमाडौँ । स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व र सहभावमा आधारित अनुपम समाज भएको आदर्श भूमिका रुपमा चित्रण गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले यो विशेषताको नियमित प्रवर्धन गर्नु पर्ने बताउनुभएको छ ।

भुइँखेल चउर र धर्मचक्र पार्कमा आजदेखि सुरु गरिएको ‘स्वयम्भू महोत्सव’ उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरुको मिश्रित बसोबास भएको यस क्षेत्रका मानिसहरुका बिचको आपसी सम्बन्ध आत्मीय छ । आफ्नो धर्म मान्ने, अरुको धर्मको आदर गर्ने, धर्मावलम्बीप्रति सहभाव राख्ने यस प्रकारको समाज विरलै पाइन्छ । सद्भावयुक्त सामाजिक यो व्यवस्था उदाहरणीय र अनुकरणीय छ । यसलाई प्रवर्धन गर्नुपर्छ ।’

उहाँले पर्यटन पूर्वाधारको विषय उठाउँदै भन्नुभयो, ‘सुक्ष्म पोषक तत्वयुक्त मौलिक खानाको विशेषता अतुलनीय छ । यसलाई प्याकेजिङ् गरेर प्रवर्धन गर्न सकिन्छ । प्याकेटको बाहिर खानामा पाइने तत्वहरु उल्लेख गर्ने हो भने खाना सेवाको व्यवसायिक उचाइ धेरै माथि पुग्नेछ । यससँगै कला र संगीत पनि पर्यटकका लागि चाख लाग्ने क्षेत्र हुन सक्छन् । महोत्सवका यस्ता पक्ष थप उजागर हुने अपेक्षा लिएका छौँ ।’

समारोहमा संघीय संसद सदस्य तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले, महोत्स्वबाट छायाँमा परेका सम्पदाको महत्व उजार हुने अपेक्षा राख्नुभयो । त्यस क्रममा पूर्वमन्त्री जीवनराम श्रेष्ठले, काठमाडौँको मौलिकता बचाउन महानगरपालिकाले परम्परागत बस्तीका घरहरुको मोहडालाई मौलिक बनाउन ल्याएको कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । त्यस क्रममा प्रदेश सभा सदस्य उद्धव थापाले, छोडिएका संस्कारलाई पुनजागृत गराउँदै जानु पर्नेमा जोड दिनुभयो ।

महोत्सवले स्वयम्भू क्षेत्रको सांस्कृतिक महत्व र पर्यटन प्रवर्धनमा दिगो मद्दत गर्ने धारणा राख्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, स्थानीय उत्पादनको बजारीकरण, मौलिक खाना र हस्तकलाका सामानको महत्व वृद्धि गर्न महोत्सवले टेवा दिने उहाँको भनाइ थियो ।

नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख शुशिला अधिकारीले, लोककथनमा आधारित मान्यता सुनाउँदै, नागार्जुन बनबाट महामञ्जुश्रीले हेर्दा सबै तलाउ भइकन पनि स्वयम्भूमा दिप देखिएको मान्यतालाई धार्मिक पर्यटन प्रवर्धनको रुपमा विस्तार गर्नु पर्ने धारणा राख्नुभयो ।

महोत्सव तयारीका क्रममा वडाका विभिन्न स्थानका सडक मर्मत गरिएको, ढुङ्गा छाप्ने काम गरिएकोले धुलोमुक्त वडा बनाउन सहयोग भएको उल्लेख गर्नुभयो । सम्यक महादान गर्ने पावन भूमिका महोत्सव आयोजना गरेको छौँ । यस्तो पावन भूमिमा टेक्नु पाउनु नै गर्वको विषय हो । उहाँले, भाषाभाषी र जातजातिले मेरो भन्नु सक्ने, व्यवसायिक तथा सामाजिक क्षेत्रले दिगो लाभको सम्भावना देख्ने गरी महोत्सव आयोजना गरिएको बताउनुभयो । यसमा स्थानीय महिला उद्यमीहरुको उद्यमशीलता प्रवर्धन भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनको धारणा थियो ।

महोत्सव सुरु हुनु अघि सांस्कृतिक झाँकीसहित वडाका विभिन्न स्थानहरुको परिक्रमा गरिएको थियो । वडा परिक्रमामा महानगरपालिकाका उपप्रमुख डंगोल, वडाका जनप्रतिनिधिसहित स्थानीयबासीहरुले उल्लासमय रुपमा भाग लिनुभएको थियो ।

वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सवको आयोजना गरिएको हो । यसबाट प्रवर्धन भएको पहिचानले वडासँगै वडाबासी व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको दिगो विकास हुन सकोस् भन्ने हाम्रो अभिप्राय राखिएको छ ।

महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिएको छ । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनी महोत्सवका आकर्षण हुन् ।

स्थानीयबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु पनि प्रदर्शन, मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा, रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलापले महोत्सव अवलोकन जाने सहभागीलाई सूचना, जानकारी र मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

वडा नं. १५ क्षेत्रफल ३१६.५ हेक्टर जमिनमा फैलिएको छ । २०७८ सालको जनगणनाअनुसार वडाको जनसंख्या ५२ हजार ६६८ जना हो । यसमा २६ हजार ३२३ जना पुरुष र २६ हजार ३४५ जना महिलाा हुनुहुन्छ । घरधुरी संख्या १४ हजार ८१ रहेको छ ।

स्वयम्भू महाचैत्य वडाको अभिन्न पहिचान हो । उपत्यकाभरि पानी जम्मा भएर पोखरी भएको प्राचीन कालमा स्वयम्भू उत्पत्ति भएको मानिन्छ । महामञ्जुश्री (बोधिसत्व) ले फूच्व, धिलाच्व, जामाच्व र सिपूच्व गरी चार दिशाबाट पोखरी खोलेर पानी बाहिर पठाएपछि बस्ती बनाएको मान्यता छ ।

बस्ती बसेपछि राजा बनाइएका प्रचण्डदेवले अर्धगोलाकार गुम्बज बनाएर स्वयम्भूको संरक्षण गरेका थिए । स्थूरको गर्भमा पञ्चबुद्ध (पञ्चतत्वको प्रतीक) चारतारा (चतुर्महाभूतको प्रतीक) विराजमान गराइएको छ । त्यसमाथि बुद्धका आँखा प्रज्ञा र उपायको रुपमा, प्रश्नबाचक चिन्ह सम्पूर्ण प्रकारका प्राणीहरुलाई उद्धार गर्ने प्रतीकका रुपमा राखिएको छ । अर्धगोलाकार आकृतिमाथि रहेको त्रयोदश भुवनलाई बुद्धत्व प्राप्त गर्ने खुड्किलाका रुपमा लिइन्छ ।

प्राचीनकालमा गोशृङ्गपर्वत क्षेत्रलाई सिंगु/स्यंगु नामबाट स्वयम्भू हुन गएको भन्ने कथन पनि रहेको छ । स्वयम्भू स्तूपका चार दिशामा चार वटा पुर रहेका छन् । आग्नेय कोणमा बसुपुर (पृथ्वी), नैर्ऋत्य कोणमा वायुपुर (वायु), वायव्य कोणमा अग्निपुर (तेज) र ईशान कोणमा नागपुर (जल) रहेका छन् । यी हरेक पुरलाई स्वतन्त्र र सम्पूर्णताको संसारका प्रतीक मानिन्छ ।

शान्तिपुर, हारती माता, महामञ्जुश्री सरस्वती स्थान, लखु तीर्थ, विष्णुमती नदी किनारामा रहेको शोभाभगवती मन्दिर, ससुख्वात टोलमा रहेको सरस्वती मन्दिर, डल्लु टोलमा रहेको महाविष्णु मन्दिर र गणेश मन्दिर, धिमेल्वहँमा रहेका भीमसेन मन्दिर र नासल देवता स्थानीयको आस्थाको देवस्थानहरु हुन् ।

यस्तै तुलसीधारामा रहेको माधवनारायण मन्दिर, धुम्बाखेलमा रहेको बाघभैरब मन्दिर, मचाखुशीमा रहेको घोरीनाग मन्दिर, स्वयम्भू परिक्रमा मार्गमा रहेको विश्वकर्मा मन्दिर,किमडोल डाँडामा रहेको सेतीदेवी मन्दिर, डल्लुमा रहेको भेलु (भिंपु) महादेव, भगवान पाउनमा रहेको सूर्यविनायक, चक्रपथ बाहिर रहेको कार्य विनायकप्रति स्थानीयको प्रगाढ आस्था छ ।

वडाभित्र साम्हेगु विहार, किण्डोल बिहार, आनन्दकुटी बिहार, आनन्द भूवन बिहार, भुइखेल बहाल, जगतउद्धार बिहार, सिद्धि विहार, धिमेल्वहँ बौद्ध विहार, श्रद्धा कीर्ति विहार बौद्ध विहार हुन् ।

प्रसिद्ध कर्णदीप, लामाहरुको दीप, कपालीहरुको समाधिस्थल, लखुतीर्थ दीप, मुस्लिमहरुको चिहान, भन्तेहरुको दीप यस वडामा रहेका मृत्य संस्कारसँग सम्बन्धित स्थलहरु हुन् ।