२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेब्रुअरी २५ मा युनको महाभियोग मुद्दाको अन्तिम सुनुवाई



अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले फेब्रुअरी २५ मा राष्ट्रपति युन सुक–योलको महाभियोग मुद्दाको ११ औं र अन्तिम सुनुवाइ गर्ने भएको छ ।

अदालतका कार्यवाहक प्रधानन्यायाधीशले बिहीवार १० औं सुनुवाइको क्रममा अर्को सुनुवाइ फेब्रुअरी २५ मा हुने बताए । युनका वकिलले महाभियोग लगाइएका राष्ट्रपतिले महाभियोग लगाइएका प्रधानमन्त्री हान डक–सूलाई अदालतमा बयान दिएको हेर्नु अनुपयुक्त हुने बताए ।

राष्ट्रिय गुप्तचर सेवाका पूर्व प्रथम उपनिर्देशक होङ जाङ–वन र राष्ट्रिय प्रहरी एजेन्सीका आयुक्त जनरल चो जी–होको बयानको क्रममा युन अदालतमा पुनः उपस्थित हुनुभएको थियो । संवैधानिक अदालतमा आउनुअघि युनले विद्रोहको नेतृत्व गरेको आरोपमा आफ्नो फौजदारी मुद्दाको पहिलो तयारी सुनुवाइमा भाग लिनुभएको थियो ।

युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयमा पक्राउ गरिएको थियो र जनवरी २६ मा विद्रोहको आरोपमा हिरासतमा राखिएको थियो । युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गर्नुभएको थियो । तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो ।

युनमाथि महाभियोग लगाउने प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभाबाट पारित भएको थियो र १८० दिनसम्म विचारविमर्श गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा उनको राष्ट्रपति पद निलम्वित हुन्छ ।