२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपना भिलेजद्वारा ७६ घरधुरीलाई सुधारिएको चुलो वितरण



अ+ अ-

चितवन। सौराहा स्थित सपना भिलेज सोसियलल इम्प्याक्टले कालिका नगरपालिका वडा नं. २ भरिका ७६ घरधुरीलाई सुधारिएको चुलो वितरण गरेको छ ।

कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, नगर उपप्रमुख विमला तामाङ, वडा अध्यक्ष लक्ष्मण पौडेल, ईम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, वडा सदस्यहरूले संयुक्त रूपमा विपन्न समुदायलाई चुलो हस्तान्तरण गर्नुभएको थियो । सपना भिलेज सोसियलल ईम्प्याक्टका अध्यक्ष गिरीले सामुदायिक बनबाट दाउरा पाउन समेत गाह्रो र दाउराबाट पकाउँदा धुवाले असर गर्ने भएकाले थोरै रकम लिएर वडावासीहरूलाई सुधारिएको चुलो वितरण गरेको जानकारी दिए ।

सुधारिएको चुलोबाट ७५ देख ८० प्रतिशत सम्म धुवा कम निस्कने भएकाले मानव स्वास्थ्यलाई असर नगर्ने जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रेग्मीले सपना भिलेजले कालिकाका नगरपालिकासंग विभिन्न सहकार्यहरु गर्दै आएकोमा आगामी दिनहरुमा पनि यस्तै सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

यो सँगै सपना भिलेजले इच्छा कामना र रत्न नगरका एक हजार ५० घरधुरीलाई चुलो वितरण गरिसकेको छ ।