२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान

पतौराको सम्पदा बचाउँन सरकारले चासो नदेखाएको मेयर रिना साहको गुनासो

पतौराको सम्पदा बचाउँन सरकारले चासो नदेखाएको मेयर रिना साहको गुनासो
अ अ+ अ-

रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौरामा गुप्तकालिन ऐतिहासिक अर्को मन्दिर फेला परेको छ । पतौरामा यस अघि नै कर्नाटककालको शिवमन्दिरको अवशेषहरु फेला परेको थियो । जहाँ अहिले प्रत्येक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गरेको छ ।

मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले फेरी अर्को गुप्तकालिन मन्दिर फेला परेको जनाएकी छन् । पुरातात्विक विभागको उत्खनन पश्चात गुप्तकालिन मन्दिर फेला परेको पुरातात्विक विज्ञले जनाएका छन् ।

‘पुजा भईरहेको ठाउँमा भेटिएको मन्दिर कर्नाटककालको हो । उत्खननको क्रममा भेटिएको अर्को मन्दिर गुप्तकालको हो । पुरातात्विक विभागले उत्खनन कहिले गर्ने र छोड्ने कामले कतिपय बस्तुहरु नष्ट भईरहेका छन्’, मेयर साहले भनिन्, ‘उत्खनन गरी परिक्षणका लागि लागि चार बर्ष अघि यहाँबाट लगिएको बस्तुहरु पुरातात्विक विभागले अझै सार्वजनिक गरेको छैन्, कतिपय बस्तुहरु त नष्ट हुनसक्ने भएकाले त्यसलाई परिक्षण पश्चात सार्वजनिक गर्नुपर्ने हाम्रो माग हो । सरकारले पनि यसको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन आवश्यक छ ।’

पतौरामा पुरातात्विक विभागले उत्खनन जारी नै राखेको छ । तर मनलागेको बेलामा उत्खनन गर्ने र छोड्ने कामले कतिपय बस्तुहरु नष्ट हुन सक्ने भएकाले त्यसलाई निरन्तरता दिनुपर्ने माग मेयर साहको रहेको छ ।

मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित नगरपालिकाले प्रत्येक बर्ष मधानी महायज्ञ गर्दै आएको छ । यस बर्ष समेत नगरपालिकाको आयोजनामा मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ ।

मधानी महायज्ञ प्राचिन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

‘हामीले सक्दो प्रयास जारी राखेका छौं । यहाँको पर्यटन प्रबद्र्धनमा काम भईरहेको छ । बिश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि हाम्रो बलबुता लगाईरहेका छौं । तर केन्द्रले ध्यान नदिएपछि ओझेलमा परेको छ’, मेयर साहले भनिन् । उनले सरकारसंग यहाँको पर्यटन प्रवद्र्धनका साथै संरक्षणको क्षेत्रमा पहल गर्दै यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि माग समेत गरिन् ।

अहिले जतिपनि उत्खनन भईरहेका छन् त्यस मध्ये पतौराको सबैभन्दा पुरानो भएको बताउदै उनले गुप्तकालिन ति सम्पदाको संरक्षण, प्रवद्र्धन गर्ने जिम्मेवारी सरकारको भएको बताईन् ।