२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ ।

बन्यान ट्री होटलको निर्माणस्थलमा बिहान ११ः०० बजे (०२०० जिएमटी) अघि आगलागी सुरु भएको अधिकारीहरूले बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब १० जना कामदार थिए ।

राष्ट्रिय दमकल निकायका एक अधिकारीले तीमध्ये छ जनाले ‘हृदयाघात’ को अनुभव गरेका र तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको बताए । अन्य चार जना घाइते भएको र आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको ती अधिकारीले बताए ।

कामदारहरूले इन्सुलेसन सामग्रीहरू भण्डारण गरेको निर्माणस्थलको पहिलो तल्लामा आगलागी सुरु भएको विश्वास गरिएको दमकल विभागले पत्रकारहरूलाई बताएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले सम्बन्धित मन्त्रालयहरूलाई ‘आगो निभाउनका लागि सबै उपलब्ध कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिनुभएको वित्त मन्त्रालयले जनाएको छ ।

“खोज तथा उद्धार कार्यका क्रममा क्षति रोक्न हरसम्भव प्रयास गर्नुका साथै दमकलकर्मीहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्छ”, चोईले भन्नुभयो ।

यो घटना एयर बुसानको विमानमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लागेको केही हप्तापछि भएको हो । उक्त आगलागीमा १७६ जनाले विमान छोड्नुपरेको थियो र सात जना घाइते भएका थिए ।