२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गणतन्त्रविरोधी शक्तिहरु अझै पनि सक्रिय छन्’



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका छन् ।

बागीश्वरी माविको ६६औँ वार्षिकोत्सवको बिहीबार यहाँ उद्घाटन गर्दै उनले सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभावले गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका हुन् । प्रजातन्त्रमा प्रतिपक्ष बलियो नभए प्रजातन्त्र कमजोर हुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेले भने, “प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुन्छ, प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र कमजोर हुन्छ । प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा छन् ।

सिद्धान्तहीन मान्छे विश्वसनीय हुँदैन । पदमा बस्नेहरूको बौद्धिकस्तर मापन गर्नुपर्छ ।” उनले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन सरकारसँग माग गरे ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापतिले वार्षिक एक लाखको हाराहारीमा नेपाली विद्यार्थी बिदेसिँदा नेपालमा दक्ष जनशक्तिको अभाव हुन थालेको बताए । यसलाई रोक्न राज्यले निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने उनले बताए ।