७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु
सांकेतिक तस्बिर
अ+ अ-

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।्

दुर्घटनामा परी गम्भीर घाइते खोटाङको हौचुरे गाउँपालिका–५ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी पाण्डेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

ज्यान मार्ने उद्योग मुद्धामा फरार पक्राउ

ज्यान मार्ने उद्योग मुद्धामा फरार एक युवकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्धामा फरार सिरहाको मिर्चैया नगरपालिका–४ निवासी २० वर्षीय रञ्जित मुखियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मुखियालाई कल्याणपुर नगरपालिका–६ स्थित कमला बाँधबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।