७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

कुलमानलाई देशनिकाला गरौं !!

कुलमानलाई देशनिकाला गरौं !!
अ+ अ-

 

एक समय देशमै बसेर यहाँको शिक्षाको बिकासमा योगदान गर्छु भनेर डा श्रीरामभक्त माथेमा कम्बोडियाबाट नेपाल आउनुभयो । केही बर्ष काठमाडौमा बसेर केही शैक्षिक संस्थामा काम पनि गर्नुभयो,अन्तत: केही बर्ष अघि उहाँको चित्तदुख्दो अनि निराशाजनक अभिव्यक्ति आयो -" म हारेँ,काम गर्ने कुनै सकारात्मक बाताबरण भएन । म त्यसैले गह्रौ मन लिएर कम्बोडिया फर्कँदैछु ।"

अर्को एक प्रसङ्गमा ७४ सालतिर भर्खरै कार्यकारी प्रमुख भएको बेला कुलमान घिसिङसङ्ग उहाँकै कार्यकक्षमा अन्तरबार्ता गर्दा उहाँले आफ्नो प्राधिकरणको जागिरको अनुभव सुनाउँदा दुई बर्स बिना काम हाजिर गरेर तलब खान परेको पीडा सुनाउनुभएको थियो । तिनै घिसिङ कार्यकारी प्रमुख भएसी भाद्रमा दैनिक ७ घण्टाको लोडसेडिङ तिहारको दिपावलीको दिन समेत देशमा लोडसेडिङ भएन । यो घटनाले पनि हामी कति प्रतिभा पारखी रहेछौं भन्ने देखाउँछ ।

अहिले गोबिन्द केसी जुम्लामा अनसन बसेका छन् । ती फकिरलाई कसले उचालिदियो र बिगतमा सानो कुरा हुनासाथ पलेटी कसिहाल्थे त्यसको समीक्षा पछि गरौँला तर उनका केही बिसय त पुष्टि भएका छन् नि । स्वास्थ्य क्षेत्र माफियाको हातमा गयो भने जनताले दुख पाउँछन् भन्ने उनको बुझाइ त अहिले फैलिएर सरकार नै माफियाको हातमा गएको हैन र? जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने र त्यसलाई सुबिधासम्पन्न बनाउने उहाँको मागमा सरकारलाई किन बिमती? प्रष्ट छ, मोफसलमा स्वास्थ्यका सुबिधा पुर्याउँदा शहरमा बसेर जनता मारेर नेता पोस्ने कसाहीहरुको सुसेधन्दा चौपट हुन्छ हो ?

कुलमानका बिसयमा अहिले एकपछी अर्का जलमाफिया,जनमाफिया,राजनितिक व्यापारी कम्मर कसेर लागेका छन् । यो मामिलामा सरकारमा बस्ने कतिले निर्लज्जताको पराकाष्ठा नाघेका छन् । नेता र मन्त्री हुनु भनेको झुट बोल्ने लाइसेन्स पाउनु हो भने ठिकै छ हैन भने उर्जामन्त्रीले जनताका अघि सफेद झुट बोलेका छन् । मेरो जनतालाई चेतावनी छ- कहिलेसम्म बिबेक बन्दकी राखेर राजनितिक ब्यापारीलाई जनप्रतिनिधिको रुपमा जिताउँछौ हँ ? मन्त्रालयको तर्फबाट कुलमानको प्रस्ताव लैजान्छु भनेर मेरै कार्यक्रममा जनताकाबिच बोलेका र प्रतिबद्धता गरेका उर्जामन्त्री बर्षमान पुनले जनतालाई झुटो बोले बापत राजिनामा दिन पर्दैन ? कि प्रधानमन्त्रीले पुनको प्रस्ताब रोकेको हो भने जनतालाई प्रष्ट भन्नुपर्यो,हिसाब त्यतै मागौँला । कि लेनदेन नमिलेको ? कुलमानले गत चुनावमा चुनाब खर्च दिएनन् हो? पार्टी र नेता पाल्ने माफिया,बिचौलिया र इन्भर्टर ब्यापारीकै प्रभाबमा कानुनको अड्चन निकालेको भए यसको मूल्य महङ्गो पर्नेछ ,ढुक्क भए हुन्छ । अहिले सत्तामा बस्दा हामीलाई कस्ले के गर्न सक्छ भन्ने लाग्छ । यस्तै सोच्थे सद्दाम हुसेन,पर्भेज मुसरफ अनि हिटलर पनि । उनीहरुको नियती पढेको भए ठिकै छ,नत्र एकपल्ट पढेर ती मध्ये कसको नियती प्यारो छ,चिठ्ठा थुत्दा भैगो ।

कुलमानलाई पुनर्नियुक्ती नगर्नुको कारण जनतालाई बताउने हिम्मत छैन ? कानुनले मिल्दैन भने अहिलेसम्मका कति नियुक्ती कानुनसम्मत् छन् ,सरकार स्वतन्त्र छनबिनका लागि तयार छ? मन्त्री सरहको सुबिधा दिएर प्रमुख आर्थिक सल्लाहकार नियुक्त गर्ने कानुन चाहिँ कहाँ छ?कि सल्लाहकारका भाइ, मन्त्रीका नातादार, घरमुलीका हुक्के बैठके र धन्दाता बिचौलिया नियुक्ती गर्दा कानुन चाहिँदैन? कानुनले नमिलेको हो भने कानुन किन नसच्याएको ? जनताले चुनाबमा लोप्पा खुवाएकालाई संविधान संसोधन गरेर प्रधानमन्त्री बनाउन कार्यदल बनाउने नेकपाले कुलमानलाई कानुनको तगारो लगाउन खोजेको छ, जनताले आउँदो चुनाबमा यस्ता दललाई गरालो लगाउनेछन् ।

कुर्सी र शक्तीले मैमत्तहरु बिबेक बन्दकी राखेर अट्टहास गर्छन् । तिनैको फर्मानले पार्टीको प्रबक्तालाई कुलमानको पक्षमा बोल्न रोक लगाइएको छ । प्रबक्ता पनि कति निरीह,बच्चाले माथीबाट बारम्बार पिसाब गर्छ,अनि उनी टाउको सुम्सुम्याइरहने । के को लालसाले होला,त्यो दुर्गन्ध सहिरहन परेको ?

अझ कुलमानलाई खुला प्रतिस्पर्धाबाट आउन समेत चुनौती दिइएको छ । आफुले जिन्दगीमा कहिल्यै प्रतिस्पर्धा नदेखेका, राज्यकोषबाट चाकडीका भरमा घर चलाएकाहरुले प्रतिस्पर्धाको कुरा गरेको सुहाउँदैन । ४८ सालपछी पालैपालो सरकार र ढुकुटीमा रजाइँ गरेका अनि नातालाई पालो पुगेर नियुक्ती बिक्रीमा दलाल खरिद गरेकाले खुला प्रतिस्पर्धाको कुरा गर्दा प्रतिस्पर्धा भन्ने शब्द नै लजाउला ।

कुलमानले गल्ती नै गरेका छैनन् भन्ने होइन गरे होलान् ,तर तिमिहरुको अघि त्यो निकै कम होला । कुलमानले घोटाला गरेकै छैनन् भन्ने होइन,तर तिमिहरुले त घप्लक्कै पो गरेका छौ त । कुलमानले सबै गरे भन्ने हैन गर्न बाँकी होला या सकेनन् ,तिमिहरुले त गर्दा पनि गरे नौ र गर्दा पनि गर्दैनौ नि । कुलमानले तिमिहरुलाई टेरेनन् होला,तिमिहरुले चाहिँ जनतालाई टेरेका छौ र ? अनि नियम जति जनताका नायक कुलमानले मात्र मान्न पर्ने हो र? कुलमान कसैका कुरा सुन्दैनन् निरंकुश र अधिनायक भए भन्ने लागेको भए,तिमिहरु भन्दा ठूलो अधिनायक को पो होला र ?

हैन कुलमानले गरेका राम्रा कामले पोलेकै हो र ?उनकै कारण आफ्नो मान्छे नियुक्त गर्न गार्‍हो भएको नै हो भने कुलमान घिसीङलाई देश निकाला गरौं । बत्ती दिन र जनतालाई उज्यालो दिनु उनको गल्ती थियो भने कानुन बनाएर मृत्युदण्ड दिँदा नि भयो । न रहे बाँस न बजे बाँसुरी ।।

पत्रकार राजेन्द्र बाँनियाको फेसबुक बाट