७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

प्रदेश सभा हलको शिलान्यास

प्रदेश सभा हलको शिलान्यास
अ+ अ-

मोहम्मद सदरुल, विराटनगर । प्रदेश सभा सचिवालय प्रदेश न.१ विराटनगरको प्रदेश सभा भवनको आज यहाँ एक समारोहको बीच सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गर्नु  भएको छ ।

सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न  स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु.दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको छ । निर्माण कम्पनिले अगामी  फागुन मशान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने सो भवन जिल्ला समन्वय समितिको परिसर भित्र निर्माण भइरहेको छ । हल करिव ३०० मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न हुने भनिएको छ ।

सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्नका बाबजुद पनि सञ्चालन भएको सभा अब नयाँ भवनले सहज एवं सरल हुने बताउनुभयो । उहाँले यो भवन समयमै निर्माण गर्न र गुणस्तरीयमा विशेष ध्यान दिन निर्माण कम्पनिलाई आग्रह गर्नुभयो ।

अन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पहिलो निर्माण गर्न लागेको यो पहिलो संरचना हो भन्नुभयो । मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोको रुपमा रहेको प्रदेश सभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने भन्नुभयो । उहाँले यो भवनको गुणस्तरमा कुनै कमी हुन नदिन निर्माण कम्पनिलाई खबरदारी गर्दै अगामी दिनमा सभा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले नयाँ भवनले प्रदेश सभाको सभा सञ्चालन गर्न निकै सुविधा हुने भन्दै भवन सममै निर्माण गर्न निर्माण कम्पनिलाई निर्देशन दिनुभयो ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यो भवनले प्रदेश सभामा सहभागी हुने सांसदहरुलाई सहज हुने भन्दै भवनको गुणस्तरमा सबै ध्यान दिनु पर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले ढिलो भएपनि बन्न लागेको यो भवनले हामीलाई संसदमा छलफल एवं नीति निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेलले जिल्ला समन्वय समितिको एक विगहा तीन कठ्ठा क्षेत्रफल भित्र बन्न लागेको यो भवनले संसद सञ्चालन गर्न सुविधा पुगोस् भन्ने शुभकामना दिनुभयो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले साविक जिल्ला विकास समितिको सभा हलमा प्रदेश सभा सञ्चालन गर्न निकै कठिनाई व्योहरी रहेको अवस्थामा यो भवनले सहज हुने विश्वास व्यक्त गर्नुभयो ।