१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलथल वनमा एक सय ५५ प्रजातिका रुख



अ+ अ-

झापा। जैविक विविधताले भरिपूर्ण जलथल वनहरूमा एक सय ५५ प्रजातिका रुख फेलापरेका छन् ।

वनस्पतिविद् डा लीलानाथ शर्माले जिल्लाको कचनकवल, बाह्रदशी, हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिकासम्म फैलिएका २२ वटा सामुदायिक वन क्षेत्रमा नेपालमा पाइनेमध्ये २५ प्रतिशत विभिन्न प्रजातिका रुख भेटिएका बताए ।

अध्ययनका क्रममा नेपालमा पाइने सात सय रुखमध्ये यहाँ एक सय ५५ प्रजाति पाइएका उनले जानकारी दिए। फरेस्ट एक्सन नेपालको नेतृत्वमा यहाँका वनमा पाइने विविधताको अध्ययन गरिएको थियो । चारकोशे जङ्गलको फडानी हुनबाट बचेको एक खण्ड जलथल वन छ हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

शर्मालगायत डा भाष्कर अधिकारी, योगेन्द्रविक्रम पौडेलले गरेको यस अध्ययनबारे भारतबाट प्रकाशित हुने ‘प्लियोने’ नामक विधागत जर्नलको पछिल्लो अङ्कमा प्रकाशन गरिएको छ । डा शर्माले भने “जलथल वनका रुखबारे लगभग अभिलेख पूरा भएको छ तर पनि थप अध्ययन गर्ने क्रम जारी छ ।

अन्य प्रजाति पनि थप हुने सम्भावनालाई नर्कान मिल्दैन ।” नेपालको कुल वनक्षेत्रको शून्य दशमलव एक प्रतिशत भूभाग ओगटेको जलथलले वन क्षेत्रमा यति धेरै रुखका प्रजाति भेटिँदा र त्यसको प्रचार हुँदा यहाँको जैविक विविधता संरक्षणमा सबैको चासो जानेसमेत उनको बुझाइ छ ।

“देशभरमा तुलतात्मक अध्ययन गर्ने होभने रुखहरूको प्रजातीय विविधताको दृष्टिकोणले जलथल नेपालकै सबैभन्दा धनी क्षेत्र हुनसक्ने अवस्था छ । जलथलमा लटहर, थाकल, लाली, पाँचफल, हार्पुलिया आदिजस्ता दक्षिणपूर्वी एसियामा प्रचुर मात्रामा पाइने रुखका प्रजातिहरू पनि पाइएका छन् ।