२८ भाद्र २०८३, आईतवार
,
Latest
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा यु–१६ युथ लिग फुटबल: चर्च ब्वाइजले पुलिसलाई हरायो



अ+ अ-

काठमाडौँ। एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा चर्च ब्वाइजले पुलिसमाथि ४–१ को जित निकाल्दै प्रतियोगितामा पाँचौ  जित दर्ता गराएको हो । जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अङ्क जोडेको छ । पराजित पुलिसको समान खेलबाट १३ अङ्क रहेको छ ।

चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे भने अनिशकुमार मगर र सुशान्त थापामगरले एक एक गोल गरे । पुलिसका लािग रोहन पोखरेलले सान्त्वना गोल गरे ।

खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्त थापामगरको गोलमार्फत सुरुआती अग्रता लियो । त्यसपछि खेलको २६औँ मिनेटमा चर्च ब्वाइजका अनिशकुमार मगरले गोल गरे । खेलको ३७औँ मिनेटमा सनिल मगरले गोल गरेपछि खेलको पहिलो हाफमा चर्च ब्वाइजले पुलिसमाथि ३–० गोलको अग्रता बनायो ।

खेलको ६९औँ मिनेटमा सनिल मगरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । खेलको ७१औँ मिनेटमा पुलिसका रोहन पोखरेलले सान्त्वना गोल फर्काए ।