२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा कपडा वितरण



अ+ अ-

दाङ। तुलसीपुर र घोराहीका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै कम्बल वितरण गरिएको छ । नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर एवं कम्बल वितरण गरिएको हो ।

महासङ्घ लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष द्रोण वलीले स्वास्थ्यकर्मी समाजमा योगदान पु¥याएका ज्येष्ठ नागरिकको सम्मानस्वरुप कम्बल वितरण गरिएको बताए ।

उनले तुलसीपुर उपमहानगरपालिका–१९ र घोेराही उपमहानगरपालिका–११ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको बताए ।

तुलसीपुर उपमहानगरपालिका–१९ का कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलले वडाले ८० वर्ष उमेर पुगेका ५५ जनालाई कपडा वितरण गरेको बताए । त्यसअवसरमा राप्ती लाइफ केयर अस्पतालका डा आयुष गौतमले ज्येष्ठ नागरिकको मधुमेह, उच्चरक्तचाप, दमको परीक्षण गरेका थिए ।