९ माघ २०८१, बुधबार
,
Latest
जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई रवि लामिछानेको बयान सकियो सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सार्वजनिक लेखा समितिको निर्देशन इगा स्विटेक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह सैफ प्रकरणमा नयाँ मोड, पक्राउ परेका अभियुक्तको अनुहार घरभित्र पसेको व्यक्तिसँग मिलेन ! वनको समस्या समाधान गर्न ऐन संशोधनको तयारी, मन्त्रालयद्वारा कार्यदल गठन त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ खो खो उपविजेता टोलिलाई रास्वपाको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध कारोबार: झापामा छ महिनामा दुई सय १३ जना पक्राउ



Symbolic picture
अ+ अ-

भद्रपुर । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।

पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जिल्ला अदालत झापामा एक सय ५१ वटा लागुऔषधका मुद्दा दर्ता भइसकेको छ ।

लागुऔषधको कारोबार हुने जिल्लाका विभिन्न स्थान र सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रवक्ता चन्दले बताउनुभयो । “सीमानाका, गाउँबस्तीबाट सहरबजारसम्म लागुऔषधको कारोबार देखियो”, उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रणका लागि हामीले चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”

यसैगरी प्रहरीले छ महिनामा एक सय ४८ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रवक्ता चन्दका अनुसार जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको रु एक करोड ६१ लाख १० हजार सात सय २२ मूल्य बराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।