२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात कार्यालय धनगढीद्वारा ३६ करोड राजस्व संकलन



अ+ अ-

धनगढी। यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्म रु ३६ करोड बढी राजस्व संकलन गरेको छ। कार्यालयले चालू आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट ३६ करोड ९९ लाख ९१ हजार छ सय ९५ राजस्व संकलन गरेको हो।

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार पालीले कार्यालयले सवारीसाधन करबाट सबैभन्दा बढी २७ करोड ६६ लाख ४४ हजार चार सय ७० राजस्व संकलन गरेको जानकारी दिए। सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच हजार चार सय राजस्व संकलन गरेको छ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट आठ करोड ७४ लाख १९ हजार नौ सय ९५, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको)बाट ५१ लाख २५ हजार ३० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट सात लाख ९६ हजार आठ सय राजस्व संकलन गरेको छ।

चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म रु शून्य रहेको कार्यालयका प्रमुख पालीले बताए। कार्यलयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको थियो भने बेरुजु रकम एक लाख १९ हजार एक सय रहेको थियो।