३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्याप्टेन विजय लामा अब ‘राइडर’ बन्ने, सजिलो एपमा आबद्ध



अ+ अ-

काठमाडौँ। स्वदेशी लगानीको नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो’ ले ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा क्याप्टेन विजय लामा सह–संस्थापकको रूपमा जोडिएका छन् ।

लामाले सुरक्षित, सुलभ र सहज यात्राको अवधारणालाई प्राथमिकता दिँदै कम्पनीलाई अगाडि बढाउने विषयमा आफू कटिवद्ध रहेको बताए। ‘हामी अब अरूको एपमा निर्भर नभई आफ्नै स्वदेशी एप प्रयोग गरेर गन्तव्यमा पुग्नेछौं,’ उनले भने, ‘यसले हाम्रो आयस्रोत नेपालमै राख्न सहयोग प्रदान गर्नेछ।’

उनले स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि यो एप सहयोगी हुने विश्वास व्यक्त गरे। सजिलो राइड सेयरिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ)अमिर लामाले आफ्नो कम्पनीले बजारमा अन्य कम्पनीको भन्दा फरक सेवा प्रदान गर्ने जानकारी दिए। उनले एपका विशेषता र आगामी योजनाका बारेमा पनि बताए।

हाल कमिसन बिना नै सञ्चालन गरिरहेको सजिलोले अब भने कमिसन लिने भएको छ । सीईओ लामाका अनुसार फागुन १ गतेदेखि कमिसन लिने भएको छ । बाइकमा १० प्रतिशत, क्यापमा ५ प्रतिशत र हात्ती गाडीलाई ५ प्रतिशत कमिसन लिने तयारी रहेको छ । उक्त कमिसन बापतको १० प्रतिशत कोषमा राख्ने समेत तयारी भइरहेको छ । सजिलोले आगामी दिनमा फुड, पार्सल डेलिभरीको सेवा दिने तयारी गरिरहेको छ । यस्तो सेवा ६ महिनाभित्र सञ्चालन गर्ने उनले जानकारी दिए ।

सह–संस्थापकको रूपमा सजिलोमा भित्रिएका क्याप्टेन लामाले अब नेपालीहरूले नेपालको राइड शेयररिङ एपलाई साथ सहयोग गर्नुपर्ने उनले आग्रह गरे । लामाले भने, ‘यसमा विशुद्ध नेपालीको लगानी छ । यो नेपाली कम्पनी हो । यसलाई नेपालीहरूले नै साथ सहयोग गर्नु पर्छ । यहाँहरूको सहयोगले नेपाली कम्पनीले नयाँ उचाइ चुम्नेछ ।’