२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो



अ+ अ-
काठमाडौँ । मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।
२०५५ सालदेखि वि.सं. १९९० सालका महाभूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । भूकम्प सुरक्षा दिवसको अवसरमा बुधवार बिहान जनकपुर धाममा भूकम्प स्मृति तथा भूकम्पीय पूर्वतयारी सचेतना प्रभातफेरी गरिएको हो ।
भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका कानून तथा गृह, सञ्चर तथा कानूनमन्त्री राजकुमार लेखीले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कुनैपनि क्षेत्रमा गरेको लगानीको परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने नारासहित मधेस प्रदेशमा भूकम्प सुरक्षा दिवस मनाइएको छ ।