६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात: रेसा



अ+ अ-

एजेन्सी । फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र इन्स्टाग्राममा आफ्नो अमेरिकी तथ्य जाँच कार्यक्रम बन्द गरेपछि एएफपीलाई दिएको अन्तर्वार्तामा बुधबार ‘अत्यन्त खतरनाक समय’ को सुरूवात भएको बताउनुभएको छ ।

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको पालामा दायर गरिएको अदालती मुद्दासँग जुध्दै रेसा र उहाँले स्थापना गरेको राप्लर न्यूज साइटले वर्षौंसम्म अनलाइन गलत सूचनाविरुद्ध लडेका छन् ।

सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ पत्रकार रेसाले मेटाको निर्णयले पत्रकारिता, लोकतन्त्र र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘अत्यन्त खतरनाक समय’ आउन लागेको सङ्केत भएको बताउनुभयो ।

“मार्क जुकरबर्गले यो अभिव्यक्ति स्वतन्त्रताको मुद्दा हो भन्नुभएको छ । यो सरासर गलत हो,” रेसाले मनिलास्थित ¥यापलरको समाचार कक्षमा एएफपीसँग भन्नुभयो ।

“यदि नाफामा आधारित संस्थाले मात्र यो दावी गर्न सक्ने तर यदिं शक्ति र पैसा नचाहने स्वतन्त्र संस्था हो भने त्यसले त्यो दावी गर्नु सही होइन । यो व्यक्तिको सुरक्षाको कुरा हो।”