७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

काठमाडौँ महानगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित

काठमाडौँ महानगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १६ औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ । आज प्रज्ञा भवन कमलादीमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको १६ औँ अधिवेशनले उपप्रमुख एव वजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले पेश गर्नुभएको कार्यक्रम तथा बजेट संशोधनसहित आर्थिक ऐन २०८१ र विनियोजन ऐन २०८१ को पहिलो संशोधन प्रस्तावमा छलफल गर्दै पारित गरेको हो ।

यसअनुसार ७२ करोड ९९ लाख ७१ हजार रुपैयाँ वजेट विनियोजन भएको आर्थिक विकासको क्षेत्रमा ७२ करोड ४३ लाख ७१ हजार वजेट कायम गरिएको छ । ३ अरब ७० करोड ५३ लाख ८ हजार रुपैयाँ वजेट विनियोजन भएको कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अरब ७२ करोड ६८ लाख ४२ हजार रुपैयाँ कायम गरिएको छ । १२ अरब १ करोड ९३ लाख ९१ हजार रुपैयाँ विनियोजन भएको पूर्वाधार विकासको क्षेत्रमा ११ अरब ८७ करोड ५१ लाख ३८ हजार रुपैयाँ कायम गरिएको छ ।

उपप्रमुख डंगोलका अनुसार स्वीकृत कुल बजेट रकम, चालु खर्च रकम र पूँजीगत खर्च रकममा थपघट नहुने गरी क्रियाकलापहरुमा मात्र संशोधनका लागि सभामा प्रस्ताव पेश गरिएको थियो । प्रस्तावमाथि नगर सभा सदस्यहरु विमलकुमार होडा, मचाराजा महर्जन, पुष्प महर्जन, रत्नाकर बज्राचार्य र सन्तोष ढुङ्गेलले धारणा राख्नुभएको थियो ।

सभाबाट ५ अरब ४८ करोड ८६ लाख ६९ हजार रुपैयाँ विनियोजन भएको सामाजिक विकासका क्षेत्रमा ५ अरव ३५ करोड ३३ लाख ८८ हजार रुपैयाँ कायम गरिएको छ । २ अरब ९६ करोड २९ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ३ अरब २२ करोड ६५ लाख ८५ हजार रुपैयाँ कायम गरिएको छ ।

नगर सभाको १५ औँ अधिवेशनबाट चालु आर्थिक वर्षका लागि २५ अरब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको थियो । यसमध्ये २०८१ पुस ११ गतेसम्ममा ४ अरब १ करोड ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ । यो रकम विनियोजनको १६.१० प्रतिशत हो । खर्चलाई प्रतिशतमा हेर्दा चालुतर्फ २३.५८ प्रतिशत र पूँजीगततर्फ १०.९२ प्रतिशत भएको छ । यस अवधिमा पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ । त्यसै गरी सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ७.९२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.५४ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्ष १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ आय हुने लक्ष्य राखिएकोमा आन्तरिक राजस्व असुलीको लक्ष्य ८ अरब ३ करोड ५७ लाख रुपैयाँ छ । पुस ११ गतेसम्ममा ४ अरब ९ करोड ८९ लाख ३६ हजार रुपैयाँ आन्तरिक, राजस्व वाँडफाँड र सशर्त अनुदान वापत प्राप्त भएको छ । यसमा आन्तरिकतर्फ कुल २ अरब ६१ करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । राजस्व वाँडफाँडवाट ५९ करोड ८९ लाख ४१ हजार रुपैयाँ र संघ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान ८८ करोड ४४ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको छ । आम्दानीको लक्ष्यमध्ये अहिलेसम्ममा ३१.०७ प्रतिशत प्राप्त भएको छ । आन्तरिकतर्फ लक्ष्यको ३२.५५ प्रतिशत प्रगति भएको छ ।

नगर सभाको १५ औँ अधिवेशनबाट स्वीकृत नीति तथा कार्यक्रममा विनियोजित वजेटहरुमा कुनै योजना सञ्चालन गर्न नसकिने, कुनैमा आर्थिक कार्यविधि अनुसार समय लाग्ने, कुनै वहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकम कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको तथा केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएको थियो । यसकारण सभामा संशोधन प्रस्ताव पेश गरिएको थियो ।

आजको सभाले २०७३/०७४ देखि २०७९/०८० सम्म नियमित गराउनु पर्ने र सम्परीक्षण गराउनु पर्ने वेरुजु रकममध्ये २३ करोड ५८ लाख १८ हजार ११० रुपैयाँ नियमित गराउन तथा सम्परीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा पेश गर्न पठाउने निर्णय गरेको छ । यो प्रस्ताव नगर सभाअन्तर्गतको लेखा समितिका संयोजक गायत्री पुडासैनीले सभामा पेश गर्नुभएको थियो । पुडासैनीकाअनुसार महालेखा परीक्षकको कार्यालयकोे प्रतिवेदनले औँल्याएको फर्स्योट हुन बाँकी बेरुजुमध्ये २ करोड ७० लाख ९९ हजार ७५६ हजार रुपैयाँ नियमित गराउन र २० करोड ८७ लाख १८ हजार ३५४ रुपैयाँ सम्परीक्षण गराउन प्रमाण प्राप्त भएकोले फस्र्योट प्रक्रियाका लागि सभामा पेश गरिएको हो ।

सभामा काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गर्ने, महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल (प्रेमलाल) सिंहको स्मृतिमा मौन धारण गरिएको थियो ।

यस्तै विविधअन्तर्गत ३० औँ महानगर दिवस २०८१ का अवसरमा प्रदान गरिएको जनप्रतिनिधि सम्मान गरिएको थियो । यसअन्तर्गत स्थानीय सेवा गौरव पुरस्कारबाट वडा नं. ४ का अध्यक्ष दिनेश महर्जन, वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नं. ६ का अध्यक्ष भवन लामा, वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नं. १६ का वडा सदस्य पुष्प महर्जन, वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीलाई सम्मानित गरियो ।

यस्तै वडा नं. ८ का सदस्य राज्यलक्ष्मी भुषाल, वडा नं. १० का सदस्य सुनिता भित्रकोटी, वडा नं. १७ का सदस्य कमला महर्जन र वडा नं. ३१ का सदस्य सान्नानी मिजारलाई साधना प्रधान अग्रणी महिला पुरस्कारबाट सम्मानित गरियो । वडा नं. ११ का सदस्य सरोजकुमार मुल्मी र वडा नं. २ का सदस्य ईश्वरी परियारलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कारबाट सम्मानित गरियो ।