७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार

सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार
अ+ अ-

भोजपुर । देश सङ्घीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश सङ्घीय संचरनामा गएसँगै दुई नगरपालिका र सात वटा गाउँपालिकाले विकासका गतिविधिलाई अघि बढाएका छन् ।

भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो । भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात छ । त्योसँगै राणाकालमा नेपालभर चाहिने टक (डोली पैसा) छापिएको जिल्ला पनि हो । यहाँ विसं १८७२ सालमा भोजपुर नगरपालिका १२ टक्सारमा तामाको टक अर्थात मुद्रा छापिन्थ्यो । ती मुद्राहरु अहिले पनि भेट्न सकिन्छ । भोजपुर शिक्षाको क्षेत्रमा पनि अग्रस्थानमा रहेको जिल्ला हो । यहाँको दिङ्लामा आबाल ब्रह्मचारी षडानन्द अधिकारीले १९३२ सालमै नेपालकै पहिलो सस्कृत पाठशाला सञ्चालनमा ल्याउनु भएको थियो । त्यो समयमा देशका विभन्नि ठाउँ तथा भारतबाटसमेत अध्ययनको लागि मानिसहरु आउने गरेका थिए ।

सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योदा योगमाया न्यौपानेको जन्मभूमि रुपमा पनि यो जिल्ला परिचित छ । १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडामा जन्मनुभएकी न्यौपानेले सतिप्रथाविरुद्ध गरेको योगदान अतुलनीय छ । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यको लागि आफ्नो अभियानको नारा लगाउँदै १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेर क्रान्तिको शुरुआत गरेका थिए । त्योसँगै राजनीति तथा निजामति सेवा पनि यहाँका मानिसहरुले उच्च तह प्राप्त गरिसकेका छन् । गणतन्त्र प्राप्तिपछि दुई पटक राष्ट्रपतिको जिम्मेवारी पनि भोजपुरकै विद्यादेवी भण्डारीले सम्हाल्नुभयो ।

भोजपुरमा सडक पूर्वाधारसँगै पर्यटकीय क्षेत्रमासमेत नमूनायोग्य कामहरु भइरहेका छन् । सीमित स्रोतको अधिकतम सदुयोग गर्दै स्थानीय तहहरुले प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा दीर्घकालीन महत्व योजनाहरुको थालनी गरेका छन् । यहाँको पौवादुङमा गाउँपालिकाले आफ्नो श्रोत, प्रदेश तथा संघ सरकारसँगको सहकार्यमा तिवारीभञ्याङ–अधेँरीघाट ३६ किलोमिटर सडक कालोपत्र थालेको छ । यो गाउँपालिकाले कृषि तथा पर्यटकीय क्षेत्रमा पनि योजनावद्ध विकास थालेको अवस्था छ ।

सुक्खा क्षेत्रका रुपमा परिचित यो गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीले अकबरे खुर्सानीबाट मात्र वार्षिक रु आठ करोडसम्म आम्दानी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । गाउँपालिकाले कृषकलाई दुग्ध उत्पादनसँग जोड्न चालु आर्थिक वर्षमा करिब दुई सय वटा उन्नत जातका गाईका बाछी वितरणको कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकालाई फुसको छानोमुक्त बनाउने लक्ष्यले धमाधम फुसको छानो हटाउने काम भइरहेको छ । “देश सङ्घीय संरचनामा गएपछि स्थानीय सरकार सञ्चालनमा छन्”, अध्यक्ष राईले भन्नुभयो, “स्थानीय सरकार सञ्चालन आएपछि केही नमुनायोग्य काम गर्न सफल भएका छौँ । जनताले स्थानीय सरकार भएको महशुस गर्न पाएका छन् ।”

प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकाम–टक्सार विमानस्थलसम्मको करिब साढे चार किलोमिटर कालोपत्र भएको छ । कोशी प्रदेश सरकार सञ्चालनमा भएपछि आस्फाल्ड प्रविधिमा निर्माण गरिएको पहिलो सडक पनि हो । भोजपुरमा २०६५ सालमा कच्ची सडक विस्तारपछि हेलिकप्टरबाट जिप ल्याएर सवारीसाधनको सञ्चालन गरिएको थियो । त्यो बेलासम्म जिल्लामा कालोपत्र सडक देख्न पाउने अवस्था थिएन । धनकुटा जिल्लामा सडक पुगेको ३१ वर्षपछि भोजपुरमा सडकको विस्तार भएको स्थानीय समाजसेवी गणेश श्रेष्ठ बताउनुहुन्छ ।

स्थानीय सरकार सञ्चालनपछि धेरै दूरगामी महत्व बोकेका योजनाहरु सञ्चालन भइरहेका छन् । जिल्लामा अहिले सडक, पुल, खानेपानी, कृषि पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा स्थानीयबासीले महशुस गर्ने खालको विकास भएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“ठूला कालोपत्र सडक, पुलसँगै भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । यसले नागरिकको जनजीवनमा प्रत्यक्ष लाभ पुगेको छ ।” जिल्लामा स्थानीय सरकार सञ्चालनमा आएपछि सबै ८१ वटै वडामा कच्ची नै भए पनि सडक विस्तार भएको छ । प्रदेश सरकार लगानी तथा पहलमा यहाँका १२ वटा खोलामा पक्की पुल निर्माण भएका छन् भने दुई वटा पुल निर्माणको चरण रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकामबाट उत्तरको व्यापारिक केन्द्र दिङ्ला जोडने भोजपुर– दिङ्ला सडक कालोपत्रको काम भइरहेको छ । करिब ४७ किलोमिटर mामो यो सडकलाई दुई भागमा विभाजन गरी कालोपत्र गर्नको लागि काम भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुर–दिङ्ला पहिलो प्याकेजअन्तर्गत पानीट्याङ्कीबाट तीनतलेसम्म रु ५८ करोड ४० लाखमा ठेक्का सम्झौता भएर काम भइरहेको छ भने दोस्रो प्याकेजअन्तर्गत तीनतले–दिङ्ला सडक रु ६३ करोड ९२ लाख लागतमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ । कालोपत्र गर्ने लक्ष्यका साथ षडानन्द १२–तुर्के–झ्याउपोखरी–फालिदोबाटो सडकमा पनि काम भइरहेको छ । त्यस्तै भोजपुर–टक्सार–मानेभञ्ज्याङ–आरी खोला–बालङ्खा रानीटार सडक पनि कालोपत्र गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

जिल्लाको खेलकुद क्षेत्रको विकास लागि प्रदेश सरकारको लगानीमा भोजपुर नगरपालिका–७ कोदारमा अन्तर्राष्ट्रियस्तरको भोजपुर रङ्शाला निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । रङ्शाला कोशी प्रदेश सरकारको करिब रु १४ करोड लागतमा निर्माण सम्पन्न भएको हो । जिल्लामा अन्तर्राष्ट्रियस्तरको रङ्शाला निर्माणले भोजपुरबासीमा उत्साह थपिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविन सुवालले बताउनुभयो । विगतमा खेलमैदानको अभावले ठूलो प्रतियोगिता सञ्चालनमा समस्या भए पनि रङ्शाला निर्माणले त्यो समस्याको अन्त्य भएको उहाँको भनाइ छ ।

भोजपुरमा पर्यटन क्षेत्रमा पनि उल्लेख्य काम भइरहेका छन् । स्थानीय तहहरुले आफ्नो ठाउँका पर्यटकीय क्षेत्रको पहिचान गरेर संरक्षण तथा विकासको लागि काम गरिरहेका छन् । नेपाल सरकारको सय घुम्नै पर्ने पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गको विकासमा टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ । भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुलाई छोएको यो पदमार्गको विकासमा प्रदेश सरकार, सङ्घीय सरकार, स्वीस सरकार र भोजपुरका स्थानीय तहसँगै अन्य जिल्लाका स्थानीय तहहरुले पनि आवश्यक भूमिका खेलिरहेका छन् । यस पदमार्गलाई पूर्वको स्थापित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ विकास तथा विस्तारमा योजनावद्ध रुपमा काम भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । “मुन्दुम पदमार्गलाई पूर्वको एक स्थापित गन्तव्य रुपमा विकास गरिरहेका छौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यो पदमार्गलाई स्थानीयबासीको दिगो आम्दानीको श्रोतको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

रामप्रसाद राई गाउँपालिकाले डाग्बुङ ९गुराँस० पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिएको हो । यो क्षेत्रमा रहेको नेपालको राष्ट्रिय फूल लालीगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । पदमार्ग निर्माणमा करिब रु ५४ लाख खर्च भएको उहाँको भनाइ छ ।

रामप्रसाद राई गाउँपालिका–१ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन परिपथ निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । हाल आख्रे बजारबाट करिब छ किलोमिटर पदमार्ग निर्माण भएको अध्यक्ष राईले बताउनुभयो । यस पदमार्गलाई वडा ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना रहेको छ । पर्यटकलाई लक्षित गरेर यहाँ करिब एक सय रोपनी क्षेत्रमा चिया खेती विस्तार थालिएको अध्यक्ष राईले बताउनुभयो । यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास ९होमस्टे० निर्माण गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । यसलाई बृहत मुन्दुम ट्रेलसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो ।

हतुवागढी गाउँपालिकाले पनि जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएको हो । विभिन्न आर्थिक वर्षमा यो पदमार्ग निर्माण लागि प्रदेश सरकारसँगको सहकार्यमा करिब रु। तीन करोड लगानी भइसकेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको उहाँको भनाइ छ ।

यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा सिद्धकाली देवी मन्दिर, नागछाँगा, पशुपति मन्दिर तिम्मा, रामजानकी मन्दिर दिङला, ट्याम्केडाँडा, नेपालको पहिलोबौद्ध विहार टक्सार, च्याङग्रेपोखरी, शन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी, कालिकादेवी, सेल्मेडाँडा, सुन्तलेडाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत पर्दछन् । त्यस्तै बेहेश्वर मन्दिर, हतुवागढी, हाँसपोखरी, चार हजार १५३ मिटर उचाईरहेको भोजपुरको सवै भन्दा अग्लो स्थान सिलिचुङ चुचुरो र १५३ मिटर उचाइ रहेको जिल्लाको सबैभन्दा होचो धार्मिक क्षेत्र माइवेँनी यहाँका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हुन् ।