२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त सुनचाँदीको मूल्य बढ्यो कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा, वनमा ३८ बढी आयोजना अड्किएको इप्पान अध्यक्ष कार्कीको गुनासो विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खुला गर्न आचार्यको माग ऊर्जा क्षेत्रमा इतिहास रच्ने अवसर मन्त्री श्रेष्ठलाई छः इप्पान अध्यक्ष कार्की औद्योगिक क्षेत्रको भाडा विवाद चर्कियो, उद्योगीहरू पुनः अदालत जाने विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वन्यायाधीश वस्तीको निधन



अ+ अ-

काठमाडौँ: सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ । पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उहाँको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वस्तीका छोरा डा प्रणव वस्ती अमेरिकामा रहनुभएको र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ । वस्तीको शव अस्पतालमै राखिएको छ । उहाँका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

पूर्वन्यायाधीश वस्तीले करिब छ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम गर्नुभएको थियो । उहाँले २०६५ साल भदौ २२ गते नियुक्त भएर पदावधि नथपिएपछि २०७० चैत २९ मा अवकाश हुनुभएको थियोे ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उहाँ छवर्ष मानवअधिकार आयोगको सदस्य भएर काम गर्नुभयो । अवकाश जीवन बिताइरहनुभएका वस्ती न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न हुनुहुन्थ्यो ।

गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिनुभएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गर्नुभएको थियो । विस २०६५ सालमा वरिष्ठ अधिवक्ता हुनुभएका उहाँको भ्रष्टाचार नियन्त्रण, देवानी कानुन एवं कानुनी प्रणालीको विकासक्रमका विषयमा रुचि थियोे । उहाँले लेखेका धेरै पुस्तक बजारमा छन् ।रासस