७ असार २०८३, आईतवार
,
Latest
भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयकी रानी म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं । गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गवर्नर चिन्तामणि शिवाकोटीको शब्द रचनामा वरिष्ठ संगीतकार कृति न्यौपानेको संगीत पुरुषोत्तम सुवेदीको एरेन्ज किशोर थापाको मिक्सिङ मास्टरिङ राजेश श्रेष्ठको रेकर्डिङ मा मदन वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीले गाउनुभएको हृदयकी रानी म्युजिक भिडियो सार्वजनिक भएको छ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र वरिष्ठ सञ्चारकर्मी तथा गायिका कोमल ओली अभिनयले गर्नुभएको छ भने लोकप्रिय नायक बिमल अधिकारी र स्मारिका ढकाल को समेत अभिनय रहेको छ। यो एउटा यस्तो खाले म्युजिक भिडियो हो कि जुन म्युजिक भिडियो ७३ वर्षको उमेरमा मदनकृष्ण श्रेष्ठ ज्यूले गाउनुभएको र ७४ वर्षको उमेरमा उहाँले आफैले अभिनय समेत गर्नुभएकोले पनि विशेष महत्व रहेको छ।

यो भिडियोमा निर्देशक कृष्णदेव रुपाखेतीले दुइटा पुस्ताको प्रतिनिधित्व गरेर भिडियो निर्देशन गरेका छन्। पहिलो पुस्ताको प्रतिनिधित्व भनेको मदनकृष्ण श्रेष्ठ स्वयं र कोमल कोमल ओलीले गर्नुभएको छ भने दोस्रो पुस्ताको प्रतिनिधित्व स्मारिका ढकाल र बिमल अधिकारीले गरेका छन्। ७४ वर्षको उमेरमा अचानक आफ्नो प्रेमिकालाई भेटेपछि त्यो बेला टुटेको प्रेमको सम्झना गर्दै भिडियो सुरुवात हुन्छ।

भिडियोमा ग्रामीण शैलीका सामग्रीहरू पनि प्रस्तुत गरिएको देखिन्छ भिडियोमा उत्सव दाहालको छायांकन राहुल बराइलीको कोरियोग्राफी विकास दाहालको सम्पादन र व्यस्त निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ। यो भिडियो ऐतिहासिक भिडियोको रुपमा पनि निर्माण गर्न पाउँदा गीतकार चिन्तामणि शिवाकोटी खुसी हुँदै निर्देशक रुपाखेतीको कार्यक्षमता को खुलेर प्रशंसा गर्नुभयो।

मेरो एउटा ठूलो रहर थियो मदन कृष्ण श्रेष्ठ दाजुलाई गीत गाउन लगाउनु त्यसमा पनि अभिनय गराउन लाउनु त्यो मेरो आज उद्देश्य पूरा भएको छ। यसको लागि संगीतकार कृति न्यौपाने र निर्देशक रुपा खेतीलाई विशेष धन्यवाद दिँदै विशेष धन्यवाद समेत दिनुभएको छ। भिडियो च्यानल मार्फत सार्वजनिक भएको छ।




भर्खरै