२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य एकाएक बढ्न थाल्यो

निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य एकाएक बढ्न थाल्यो
symbolic picture
अ अ+ अ-

काठमाडौं । लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य बल्ल बढ्न थालेको छ । दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका सेयरमा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो । गत ६ सेप्टेम्बरमा १ हजार ७६ दशमलव ४८ अंकमा रहेको उपसूचक २९५ अंकले बढेर ६ अक्टुबरमा १ हजार ३७१ दशमलव ३० मा पुगेको छ । बढी मूल्य भएकाहरूको पनि अन्य समूहका कम्पनीको भन्दा तुलनात्मक रूपमा कम छ । यही कारण लगानीकर्ताको आकर्षण जलविद्युत् क्षेत्रमा बढेको हो । दुई महिनाअघिसम्म दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १८ वटा जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर सय रुपैयाँमाथि नै कारोबार भइरहेका छन् ।

कोरोना भाइरसको प्रभावबीच पनि जलविद्युत् क्षेत्रमा अन्य क्षेत्र जस्तो बृहत् प्रभाव नपरेका कारण यसतर्फ लगानीकर्ताको आकर्षण बढेको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनले भने, ‘उत्पादित बिजुली अहिले प्राधिकरणले किनिरहेका कारण आयोजनामा आम्दानी भइरहेको छ ।’ अर्कोतर्फ अहिले सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि सस्तो ब्याजमा लगानी गर्नुका साथै सेयर लगानीकर्ताले समेत सस्तो ब्याजमा लगानी गर्न पाएका छन् । जलविद्युत् आयोजनालाई दिने भनेको सहुलियत अर्थात् ५० लाखको प्याकेजसमेत सरकारले दिने प्रतिबद्धता गरेको छ । जुन केहीले पाइसकेका छन् । यसकारण जलविद्युत्मा लगानीकर्ताको आकर्षण बढेको अध्यक्ष रौनियारले बताए । एक महिनाअघि ११ वटा कम्पनीको सेयर मूल्य यसभन्दा निकै तल रहेका थिए । हाल यी सबै कम्पनीको सेयर मूल्य सयभन्दा माथि रहेका छन् ।

अंकित मूल्यभन्दा कममै दोस्रो बजारमै सेयर पाउन थालेपछि लगानीकर्ता जलविद्युत् कम्पनीको सेयर खरिद गर्नेतर्फ लागेका छन् । सूचीकृत कम्पनीको वित्तीय अवस्था कमजोर भएकै कारण लामो समयसम्म कम्पनीले लाभांश दिन नसक्दा बजार घटेर हैरान भएका लगानीकर्ता बल्ल त्यो संकटबाट बाहिरिएका हुन् । हाल १४ वटा कम्पनीको सेयर मूल्य दुई सयभन्दा माथि र बाँकी कम्पनीको सेयर सय रुपैयाँभन्दा माथि रहेका छन् । जसमध्ये चिलिमे हाइड्रोपावर कम्पनीको सेयर ५ सयभन्दा माथिको मूल्य कारोबार भइरहेको छ । त्यस्तै बुटवल पावर कम्पनीको ४१३ र सानिमामाई हाइड्रोपावर कम्पनीको ३१९ मा कारोबार भइरहेका छन् ।

सरकारले नेपालको पानी जनताको लगानीअन्तर्गत जलविद्युत् आयोजना निर्माण गर्ने नीति लिएको छ । केही महिनाअघिसम्म दयनीय बन्दै गएको जनताले लगानी गरेको जलविद्युत् क्षेत्रमा पछिल्लो समय लगानीकर्ता यसमा लगानी गर्न इच्छुक देखिन थालेका छन् । जलविद्युत् आयोजनाको नियमन गर्न विद्युत् नियमन आयोग गठन भएको एक वर्षभन्दा बढी भए पनि जलविद्युत् आयोजनामा लगानी गर्ने लगानीकर्ताले महसुस गर्न पाएका थिएनन् । लगानीकर्ताहरू अब भने नियमन आएको महसुससमेत गर्न थालेका छन् । राजधानी दैनिक