२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

राज्यमन्त्री दुगडको उद्योग ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ माथि छानबिन सुरु

राज्यमन्त्री दुगडको उद्योग ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ माथि छानबिन सुरु
अ अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु गरिएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नुन प्याकेजिङ बजारमा बिक्री वितरण गर्दै आएको खबर बाहिर आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज्यमन्त्री दुगडको उद्योगमाथि कारबाहीका लागि छानबिन अघि बढाएको हो । राज्यमन्त्री दुगडको उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिएक सय ग्राम ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ । नुन बिक्री वितरण गर्ने एकाधिकार नेपाल सरकारले हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र दिएको छ । मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनबमोजिम सञ्चालन गरेको छ वा छैन भनेर आन्तरिक छानबिन अघि बढाएको जानकारी दिए ।

सचिव अर्यालले राज्यमन्त्री दुगडको उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिए नलिएको विषयमा छानबिन गरिने बताए । उनले विभागबाट अनुज्ञापत्र लिएको छैन भने कानुनबमोजिम कारबाहीका लागि अघि बढाइने बताए ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कानुनविपरीत जो कोहीले पनि काम गरेको छ भने कानुनबमोजिम कारबाही हुने बताए । मन्त्री भट्टले भने, ‘सर्वसाधारण होस् वा मन्त्री होस्, जोसुकै होस्, कानुनअनुसार कारबाही हुन्छ ।’ मन्त्री भट्टले आफू तीन दिनदेखि काठमाडौं बाहिर भएकाले राज्यमन्त्री दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्ने विषयमा केही थाहा नभएको बताए । उनले भने, ‘म काठमाडौं आएपछि यो विषयमा जानकारी लिन्छु । अहिले यो विषयमा मलाई केही थाहा नभएकाले कारबाही हुन्छ या हुँदैन, केही भन्न सक्दिनँ । तर, उद्योग कानुनबमोजिम सञ्चालन भएको छैन भने मन्त्री भए पनि कारबाही हुन्छ ।’

राज्यमन्त्री दुगडले नुनको प्याकेजिङ गरी बिक्री वितरण गर्न साल्ट टे«डिङ कर्पोरेसनसँग मौखिक सम्झौता भएको बताएका थिए । तर, साल्ट टे«डिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले राज्यमन्त्री दुगडको उद्योगसँग नुनको प्याकेजिङ गरी बिक्री वितरणका लागि कुनै सम्झौता नभएको बताए । उनले कुनै पनि व्यापारीलाई साल्ट टे«डिङ कर्पोरेसनले नुन प्याकेजिङ गरी आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न दिने कानुनी अधिकार नै नभएको बताए । उनले भने, ‘साल्ट टे«डिङ कर्पोरेसनले व्यापारीलाई आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न अनुमति दिन सरकारको निर्णय र निर्देशन हुनुपर्छ । हामीलाई सरकारबाट कुनै निर्देशन आएको छैन । साल्ट टे«डिङलाई सरकारले वर्षौंदेखि आम नागरिकलाई देशैभरि आयोडिनयुक्त नुन आपूर्ति गर्ने जिम्मेवारी दिएको छ ।’ विभागीय प्रमुख झाले भने, ‘नेपाल सरकारले साल्ट टे«डिङलाई नुन आपूर्ति गर्न दिएको जिम्मेवारी र अधिकारअनुसार नै साल्ट टे«डिङले काम गरिरहेको छ । राज्यमन्त्री दुगडको दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालिले हामीसँग कुनै सम्झौता गरेको छैन । उनले साल्ट टे«डिङसँग मौखिक सम्झौता भएको भन्ने कुरामा पनि सत्यता छैन ।’

उनले धेरै व्यापारीले आफ्नो कम्पनीको ब्रान्डमा नुन प्याकेजिङ गरेर बजारमा महँगो मूल्यमा बिक्री गर्न चाहेको पनि बताए । यदि सरकारले अत्यावश्यक वस्तु नुन अन्य व्यापारीलाई आफ्नो कम्पनीको ब्रान्डमा प्याकेजिङ गर्न दिने हो भने सर्वसाधारण उपभोक्तालाई नुन किनेर खान पनि मुस्किल पर्ने उनको भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङका लागि विभागबाट हालसम्म अनुज्ञापत्र नलिएको बताए । उनले कुनै पनि उद्योगबाट खाद्य वस्तु उत्पादन, प्रशोधन तथा प्याकेजिङ गरी बजारमा बिक्री वितरण गर्न विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र लिनुपर्ने बताए ।

उनले अनुज्ञापत्रविना नै बजारमा बिक्री वितरण गरेको छ भने खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम कारबाही हुने बताए । प्रवक्ता महर्जनका अनुसार अनुज्ञापत्रविना नै उद्योगबाट खाद्य वस्तु प्रशोधन उत्पादन र प्याकेजिङ गरी बिक्री वितरण गरेमा १० हजार रुपैयाँ जरिमाना र गुणस्तरहीन खाद्य वस्तु झुक्याएर बिक्री गरेको छ भने ५० हजार जरिमाना वा ५ वर्ष कैद वा दुवै हुने सक्ने कानुनी प्रावधान रहेको छ । राजधानी दैनिक