९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्क्यानर फुटाएको आरोपमा कालिगण्डकी गाउँपालिका अध्यक्ष थापा पक्राउ



अ+ अ-

गुल्मी : गुल्मीको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापा मगर पक्राउ परेका छन् । बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर फुटाएको आरोपमा उनी पक्राउ परेका हुन् ।

थापाले स्क्यानर फुटाएपछि शुक्रबारको राहदानी सेवा समेत अवरुद्ध हुन सक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

स्क्यानरको मुल्यबारे भने प्रशासनले केही बताएको छैन । ‘स्क्यानरको मुल्यभन्दा पनि सेवा नै प्रभावित हुने भयो ।’ प्रजिअ गौतमले भने, ‘पालिका अध्यक्ष अभद्र व्यवहारमा प्रस्तुत हुनुभयो ।’

आजभोलि प्रशासनमा पहिला आउने व्यक्तिले टोकन लिने र उसैले पहिले सेवा लिने भन्ने प्रावधान रहेको छ । तर अध्यक्ष थापा मगरले कालिगण्डकी भुगोलका दृष्टिले टाढा रहेकाले आफ्नो पालिकाका नागरिकलाई विशेष व्यवस्था गर्न माग गरेको तर त्यसो नभएकाले स्क्यानर फुटाएको दाबी गरे ।

‘आफ्नो पालिकाका नागरिकको न्यायका लागि जहाँ पनि जान तयार छु ।’ थापाले भने । प्रजिअ गौतमले घटनाको बिषयमा गृह मन्त्रालयलाई जानकारी गराएको र थप छलफल भइरहेको जानकारी दिए ।