३ पुष २०८१, बुधबार
,
Latest
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान किशोरीका लागि चार लाख ६० हजार खोप नेपाल आइपुग्यो स्मृतिमा नातिकाजी: गाउँदा, लेख्ता र सङ्गीत भर्दा नेपाली मुटुको धुकधुकीको अनुभूति आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न चेम्बरको आग्रह श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह निजामति सेवा ऐन कसैको प्रभाव र दबाबमा नपरी पास हुनुपर्छः सांसदहरु मिडल अर्डरमा राम्रो गर्न सकेनौं–जनकपुरका कप्तान आसिफ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाईनल प्रवेशको लागि जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले फाईनल प्रवेशको लागि सुदूरपश्चिम रोयल्सलाई १४० रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

जनकपुरको लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए । शुभ कंशाकारले २६ रन बनाउदा हर्ष थाकर र लाहिरु मिलान्थाले समान १२ तथा कप्तान आसिफ शेख १० रन जोडे ।

सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैव अलि जैवले २, अभिनास बोहरा २ र स्कट कुगेलेइनले एक विकेट लिएका छन् ।