१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमलाई पार्टीमा भित्र्याउने नेकपा एसको तयारी



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेको छ ।

त्यसका लागि वार्ता र छलफल भइरहेको भन्दै केही प्राविधिक कारणले मात्र रोकिएको सो पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन् ।

‘वामदेव गौतमसँग कुराकानी भइरहेको छ । उहाँ धेरै सकारात्मक पनि हुनुहुन्छ । पार्टीको एउटा औपचारिक प्रक्रिया पुरा गर्नका लागि संवादलाई अगाडि बढाउने ठाउँमा पुगेका छौँ’, मंगलबारको स्थायी कमिटी बैठकपछि खतिवडाले भने ।

तत्कालीन एमालेको उपाध्यक्ष रहेका गौतमले २०७८ भदौ १८ गते एमाले परित्यागको घोषणा गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गरेका थिए ।

त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहे । उनी राष्ट्रिय सभा सांसद पनि छन् ।