२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमलाई पार्टीमा भित्र्याउने नेकपा एसको तयारी



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेको छ ।

त्यसका लागि वार्ता र छलफल भइरहेको भन्दै केही प्राविधिक कारणले मात्र रोकिएको सो पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन् ।

‘वामदेव गौतमसँग कुराकानी भइरहेको छ । उहाँ धेरै सकारात्मक पनि हुनुहुन्छ । पार्टीको एउटा औपचारिक प्रक्रिया पुरा गर्नका लागि संवादलाई अगाडि बढाउने ठाउँमा पुगेका छौँ’, मंगलबारको स्थायी कमिटी बैठकपछि खतिवडाले भने ।

तत्कालीन एमालेको उपाध्यक्ष रहेका गौतमले २०७८ भदौ १८ गते एमाले परित्यागको घोषणा गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गरेका थिए ।

त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहे । उनी राष्ट्रिय सभा सांसद पनि छन् ।