काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ ।
गएराति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीलाई जित दिलाउन खेलको ४३ औं मिनेटमा मार्क कुकुरेलाले तथा ८० औं मिनेटमा निकोलस ज्याक्सनले गोल गरे ।
ब्रेन्टफोर्डका ब्रायन एम्बेउमोले एक गोल फर्काए । जितसँगै चेल्सीले शीर्षस्थानको लिभरपुलसँग अंकदुरी घटाएको छ ।
लिभरपुलको १५ खेलबाट ३६ अंक छ भने दोस्रो स्थानको चेल्सीको १६ खेलबाट ३४ अंक छ ।










