२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनले जनकपुरलाई ३२ रनले हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा चितवनले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएको हो । चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा अलआउट भयो ।

उसका लागि जेम्स निशमले आक्रामक पारी खेलेपनि टोलिको हार टार्न सकेनन् । उनले २४ बलमा ६५ रन जोडे । यसक्रममा निशमले ५ चौका र ६ छक्का प्रहार गरे ।

निशमले एनपिएलकै सबैभन्दा छिटो अर्धशतक पनि बनाए । उनले मात्र १८ बलमा अर्धशतक बनाएका हुन् । यस्तै, आसिफ शेखले २३, शुभ कंसाकारले १५ तथा मोहम्मद मोहसिनले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ चितवनका रिजन ढकाल, सोहेल तनभिर र कुशल मल्लले दुई–दुई तथा अमर रौतेलाले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनायो ।

उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए ।

रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।

जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष ठाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक–एक विकेट लिए ।

जितसँगै चितवन राइनोजले प्लेअफको सम्भावना बलियो बनाएको छ । टोलिले ६ खेलमा तीनमा जित र तिनमा हार ब्यहोरेको छ भने अंकतालिकामा चौंथो स्थानमा उक्लिएको छ । जनकपुर भने यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

यता, चितवनको जितले पोखरा एभेन्जर्स र विराटनगर किंग्स पनि प्लेअफको दौडबाट बाहिरिएका छन् ।




भर्खरै