८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गर्नुभएको छ ।

संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गर्नुभएको हो । मंसिर २८ गते शुक्रवार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गर्नुभएको छ ।

हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरुमा पु¥याएको असरबारे अध्ययन गरी संसद, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताउनु भयो ।

नेपालको उच्च हिमाल आरोहण गर्ने हालसम्मका पर्वतारोहीलाई सम्मान, पर्वतारोहणमा महत्वपूर्ण भुमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमीकहरुप्रति सम्मान, हिमाली श्रमीकहरुको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रहेको बताउनु भयो ।

जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे अध्ययन गर्नका लागि आफूहरु प्रत्यक्ष रुपमा हिमाल आरोहण गर्न आएको बताउनु भयो ।

उहाँले आफूहरु जलवायु परिवर्तनबाट नेपालमा परेको असर सिंगो संसारलाई ध्यानाकर्षण गराउनका लागि हिमाल आरोहण गर्न पुगेको बताउनु भयो ।