८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री राणाले आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

परराष्ट्र मन्त्री राणा र चिनियाँ समकक्षी यी बीच छेन्दुमा भेटवार्ताको कार्यक्रम राखिएको हो । त्यसका लागि मन्त्री राणा हिजो त्यसतर्फ जानुभएको हो ।

भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि गर्ने चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतालाई अन्तिम रुप दिने विषयमा कुरा हुने छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएको हो ।

मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गर्नुभएको थियो ।