९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौतिहरु आँउछन्ः सचिव मरासिनी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।

सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले अतिकम विकसित मुलुक (एलडीसी) बाट नेपाल विकासशील मुलुकको सूचिमा रहँदा आर्थिक सुधार र विकास गर्न सकिने भएपनि नेपालले खासै विकास गर्न नसकेको बताउनु भयो । उहाँले नेपाल जस्तै धेरै अतिकम विकसित मुलुकहरु आर्थिक रुपमा माथि पुगेको बताउनु भयो । नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेको बताउनु भयो । उहाँले स्तरोन्ति हुँदा नेपाललाई पुन अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउनुपर्ने चुनौति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरणको तयारीमा छौं । तर मुलुक एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न सकेका थिएनौं । नेपाल जस्तै अन्य मुलुकहरु आर्थिक रुपमा धेरै माथि पुगिसके । नेपाल एलडीसीमा केही सुधार हुन्छ भनेर बस्यौं । धेरै फड्को मार्न सकेको देखिएन । आय वृद्धि नहुँदा पनि अन्य दुईवटा सूचकहरुमा सुधार भएकाले स्तरोन्नति हुन लागेका छौं । स्तरोन्नति हुँदा नेपाललाई पुनः अतिमक विकसित मुलुकमा नफर्किने र दीर्घकालिन बनाउने चुनौति छ । त्यसको लागि आधार तयार बनाउन जरुरी छ । मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण गर्नु हो । सरकारले नलेजवेस अर्थतन्त्रलाई जोड दिनुपर्छ । सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने छ । युवाहरुलाई नयाँ इनोभेसनका लागि अवसर दिनुपर्ने छ ।’

उहाँले मुलुकको व्यापार र नविनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण भएको बताउनु भयो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिन सक्नुपर्ने बताउनु भयो ।